केहि दिन अघि दिवंगत भएका नेपालका छैठौ संघनायक भिक्षु अश्वघोष महास्थवीरको योगदानलाई स्मरण गर्दै र उनको सुगती सहितको निर्वाणको कामना गर्न श्रद्धान्जली सभा आयोजना गरिएको छ । आइतबार काठमाडौँको राष्ट्रियसभामा आयोजित श्रद्धान्जलीसभामा सयौँ भिक्षु भिक्षुणी तथा उपासक उपासिकाहरुको उपस्थिति थियो ।

अखिल नेपाल बौद्ध भिक्षु महासंघको संयोजनमा भएको श्रद्धान्जलीसभामा विभिन्न बौद्ध संघसंस्था सहभागि भई छैठौ संघनायकले बौद्ध संस्कार र धर्मको क्षेत्रमा पुर्याउनु भएको योगदान स्मरण र उनले देखाएको बौद्धपथको अनुशरण गर्नु आवश्यक रहेको बताइयो ।

श्रद्धान्जलीसभामा पूर्व सभामुख तथा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित थिए ।
भिक्षु अश्वघोषको गत चैत २२ गते निधन भएको थियो ।



