चन्द्रागिरी नगरपालिका वडा १२ बलम्बु भास्तिपुर अवस्थित एतिहासिक पोखरीमा स्थानीय दाताहरु र अन्य दाताहरुको सहयोगबाट बुद्धको मुर्ती प्रतिस्थापन गरि शुक्रबार अहोरात्री श्रदये भिक्षु महासंघद्रारा परित्राण गरि आज बिहान बुद्धपुजा , अस्टपरिस्कार, संघदान र भोजनदान गरि उद्घाटन सप्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री , उपाध्यक्ष धर्ममुर्ती महस्थविर, महासचिव भिक्षु कोन्दन्य भिक्षु संघ र अनागारिका गुरुमा र बिशाल संख्यामा उपासक उपासिकाहरु उपस्थित थिए ।

