देवदहमा भिक्षुणी आवासगृह निर्माण गरिने

राजकुमार सिद्धार्थका मावली तथा ससुराली भनेर चिनिने देवदहमा निकट भविष्यमै भिक्षुणी आवासगृह निर्माण गरिने भएको छ ।

धर्मकीर्ति विहार श्रीघःमा बिहिबार आयोजित एक कार्यक्रममा ञाणवती गुरुमांले त्यहाँ निर्माणाधिन आवास गृहको बारेमा जानकारी दिइन् ।
कार्यक्रममा गुरुमांले देवदहमा बन्न लागेको भिक्षुणी आवासगृह निर्माणको लागि आर्थिक सहयोगको लागि अपिल पनि पनि गरेकी छन् ।

महिनाको प्रत्येक अष्टमीको दिनमा हुने बुद्धपूजा तथा धर्मदेशना कार्यक्रममा उनले सो अपिल गरेकी हुन् ।

Share

Related posts

Leave a Comment