सोलु दुधकुण्ड नगरपालिका वडा नं २ स्थित फेरा गाउँको प्रवेशद्वारमा रहेको चोर्तेन डाँडामा एक वर्षभित्र ल्हाबब छोर्तेन (देव अवतरण चैत्य) निर्माण गरिने भएको छ । चैत्य निर्माणका लागि फागुन १२ गते शुक्रवार थुप्तेन छोयलिङ गोन्पाका भिक्षु धर्मगुरुहरुबाट बौद्ध धर्म परम्परा अनुसार भूमि पूजा सम्पन्न भएको छ ।

चैत्यलाई हाल अमेरिकामा बसोबास गरिरहेका गुर्मी शेर्पा, पासाङ काजी शेर्पा र युकेमा बस्ने ल्हाक्पा शेर्पा तथा फुदोर्जीको पारिवारिक सहयोगमा चैत्य निर्माण हुने भएको हो ।

सोलुखुम्बुमा देव अवतरण चैत्य बनाइने



