सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ ।
मन्त्रालयकाे सूचनाअनुसार भोलि सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था बन्द हुने भएका छन् ।


