बुद्धका १२ अनमोल वचनहरु

1.अतितलाई ध्यान नदिनु, भविष्यको बारेमा नसोच्नु र आफ्नो दिमागलाई वर्तमान समयमा केन्द्रित गर्नुहोस् ।
2.जो कोही जानीजानी झुठ बोल्न लाज मान्दैन भने उसले कुनै पनि पाप गर्न सक्छ, त्यसैले आफुले हासी मजाक गर्दा पनि कहिल्यै झुट बोल्नुहुँदैन ।
3.संसार एक हो धेरै होइन् ।
4.सत्यवाणी अमृतवाणी हो, सत्यवाणी नै सनातन धर्म हो । सत्य, भलाई र सधर्ममा सदैव दृढ रहन्छ ।
5.असत्यवादी र दुर्भावपुर्ण जो छन्, तिनीहरु नरकमा जान्छ्न् ।
6.जसले जानीजानी झुट बोल्न लाज लाग्दैन् उसको भक्ति भाँडा जस्तो मात्र हो ।
7.सभा वा परिषद्मा कसैसँग झुट नबोल्नुहोस् । अरुलाई पनि झुठ बोल्न प्रेरित नगर्नूहोस् । असत्यलाई परित्याग गर्नुपर्छ ।
8.जीवनमा हजारौ युद्व जिते बराबर आफैमाथि विजय प्राप्ति गर्नु हो । यो जित आफ्नै हो कसैले छिन्न सक्दैन् ।
9.हजारौ खाली शब्द भन्दा राम्रो एक शब्द हुन्छ, त्यो हो शान्ति ।
10.सन्तोष सबैभन्दा ठुलो धन हो । इमानदारिता सबैभन्दा ठुलो सम्बन्ध हो । स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो ।
11.जब हामी क्रोधित हुन्छौ, तब हामी सत्यको मार्ग छोड्छौ ।
12.यदि हामीले मोक्ष प्राप्त गर्न चाहान्छौ भने आफुले नै मेहेनत गर्नुपर्छ । आफैमा निर्भर हुनुपर्छ ।

Share

Related posts

Leave a Comment