विशाल बुद्ध मूर्ति बनाउँदै आएका ‘आधुनिक अरनिको’को निधन

नेपाली मूर्तिकलालाई अन्तर्राष्ट्रियरुपमा चिनाउँदै आएका मूर्तिकार राजकुमार शाक्यको निधन भएको छ । शाक्यको ५५ वर्षको उमेरमा शनिवार ललितपुरको पुल्चोकस्थित सुमेरू सिटी अस्पतालमा निधन भएको हो । उनी वैशाख २१ गते कोरोना भाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना भएका थिए ।

उपचारपछि कोरोना नेगेटिभ रिर्पोट आएपश्चात उनलाई वार्डमा सारिएको थियो। तर अक्सिजन लेभल सन्तोषजनक नभएकाले अस्पतालमा नै उपचारको क्रममा उनको निधन भएको हो । धातुकलाको थ्वज्या माज्यामा निपूर्ण शाक्यले भुटानमा १३५ फिट अग्लो पद्मसंभवको मूर्ति (जमिनदेखि १५५ फिट) बनाएका थिए ।

पछिल्लो समयमा सुमेरु कलाग्रामका अध्यक्ष उनी विश्वको सबैभन्दा ठूलो भैरवको मुकुण्डो बनाउने काममा लागिरहेका थिए । विदेशमा नेपाली धातुकलालाई विस्तार गर्ने काममा निरन्तर लागेकाले उनलाई २१ शताब्दीको ‘अरनिको’ भनिन्थ्यो ।

Share

Related posts

Leave a Comment