संसारको वास्तविकता बोध गरी सहि मार्गमा लाग्ने नै बुद्धः छोग्याल रिन्पोछे

छोग्याल रिन्पोछेले शनिवार जुममार्फत बौद्ध धर्म र दर्शनसम्बन्धी प्रवचन दिनु भएको छ । दिउँसो ३ बजेदेखि सुरु भएको सेसनमा विभिन्न भागबाट बौद्ध धर्म र दर्शनमा रुची राख्नेहरु सहभागि भएका थिए । कोरोना संक्रमणका कारण निषेधाज्ञा सुरु भएयता विभिन्न चरणमा जुमबाट विविध विषयमा प्रवचन दिदै आउनु भएका छोग्याल रिन्पोछेले यो पटक के एक जन्ममै बुद्ध बन्न सकिन्छ ? शीर्षकमा प्रवचलन दिनु भएको थियो ।

शनिवारको सेसनमा छोग्याल रिन्पोछेले संसारको वास्तविकतालाई बोध गरी सहि मार्गमा लागेका कारण नै शिद्धार्थ गौतमलाई बुद्ध भनिएको बताउनु भयो । बुद्ध हुनलाई महिला पुरुष वा कुनै जातको हुनु नपर्ने र जोकोही बुद्ध बन्न सक्ने भन्दै आफु भित्रको सत्य नै बुद्ध रहेको छोग्याल रिन्पोछेको शनिवारको सेसनको सार थियो ।

Share

Related posts

Leave a Comment