काठमाडाँैँको चावहिलस्थित चारुमती बुद्ध विहारको पूनःनिर्माण विस्तारका लागी शनिवार परित्राण पाठ गरि भूमि पूजा गरिएको छ । विहारका प्रमुख भिक्षु तपस्सी धम्म महास्थवीर र भिक्षु समित स्थविरद्वारा पूजापाठ गरि शुभसाइतमा पूजा सम्पन्न गरिएको हो । परित्राण पाठ र पूजामा रोशन गुर्जुको पनि सहभागिता रहेको थियो ।

कोभिड १९ कारण कार्यक्रममा विहार निर्माण समिति र विहारका सीमित दाताहरु मात्रै सहभागि भएका थिए । उक्त विहारमा रहेको पाटीको एक आना जग्गामा २०५५ सालमा भिक्षु तपस्सी धम्म बुद्ध विहार निर्माण गर्नु भएको हो । विहारसँगै जोडिएको थप एक आना एक पैसा जग्गा २०७५ सालमा भिक्षु तपस्सी धम्मले किन्नु भएको थियो । थोरै जग्गामा बनेको विहारमा धर्म देशना, बुद्ध पूजा हल र कोठा लगायतको अभाव थियो । थपिएको जग्गा सहितको जमिनमा बुद्ध पूजा हल, आगन्तुक कोठा, भान्छा कोठा र चारुमती संग्रालयय निर्माण गरिने भिक्षु तपस्सी धम्मले बताउनु भयो ।

