ज्ञानको प्रतिक मन्जुश्री

सांगे लेग्देन गुरुङ (भूपेन)

महयान बौद्ध धर्ममा अति पुज्य एवम् लोकप्रिय नाम हो मंजुश्री ।

गतिविधि अझ भनौं जगतहितार्थ उच्च भुमि धर्ममेघा शिरोमणिमा रहेर सर्वकल्याणको कार्यार्थ महाबोधिसत्व हुनुभए पनि । नितार्थमा उहाँ बुद्ध बुद्धत्वनै हुनुहुन्छ ।
जगतहितार्थ उहाजस्तै आठ उपपुत्र सदैव करुणा तथा मैत्रीपूर्णभावले जगतकल्याणको कर्म साधानामा लागि पर्नु भैरहनु हुन्छ ,मंजुश्री जस्तैः आठ कल्याण उपपुत्रहरु चाहि ,

ཉེ་བའི་སྲས་ཆེན་བརྒྱད། आठ उपपुत्र ,

१)འཇམ་པའི་དབྱངས། ་(मंन्जुश्री )
२)ཕྱག་ན་རྡོ་རྗེ། वज्रपाणि
३)སྤྱན་རས་གཟིགས། अवलोकितेश्वार
४)ས་ཡི་སྙིང་པོ། क्षितिगर्भ
५)སྒྲིབ་པ་རྣམ་སེལ།सर्वनिवरणविष्कम्भी
६)ནམ་མཁའི་སྙིང་པོ། आकाशगर्भ
७)བྱམས་པ། मैत्रेय
८)ཀུན་ཏུ་བཟང་པོ། समन्तभद्र

यहाँ आठ मध्ये चर्चा गरिएको उहाँ मंजुश्रीको जन्मस्थल चाहि चीन देशमा हो । अध्यन तथा साधना भने नेपाल तथा भारत देशमा धेरैजसो गर्नु भएको थियो ।
चाईनाको ऊ थाई भन्ने पहाड उहाको प्रसिद्ध तिर्थस्थान हो । जुन हाल चाइनामा अति पुज्य रहेको छ । जहाँ नेपाली कलाकार अरनिकोले बनाएको स्तुपा हाल सम्म पनि दर्शनीय रहेको छ।

सांगे लेग्देन गुरुङ (भूपेन)

महयानी बौद्ध धर्ममा उहालाई ज्ञानको श्रोत तथा प्रज्ञाको भगवान मान्दछ । उहाँको आराधना अनुसरणमा । अध्ययन अनुसन्धानमा प्रेरित हुने उर्जामा गरेको साधना द्वारा प्राप्त ज्ञान द्वारानै जगतको वास्तविकताको बोध हन्छ ।
यहावास्तविकता भन्नाले प्रतित्य-समुत्पाद अन्तरगतको वास्तविक सुन्यतालाई बुझ्नु पर्दछ् । त्रिपिटक अन्तरगत प्रथमतः शीलमा रहेर ध्यान हुँदै ज्ञानहरुलाई साक्षात्कार नगरेसम्म बुद्धत्व सम्भव हुदैन । शील ध्यान र प्रज्ञालाई व्यवहारमा लागु नगरेसम्म फल प्रात नहुने हुदा शिल साधना हुँदै प्रज्ञा प्राप्तिको मार्ग अवलम्बन गर्नु पर्दछ् । तसर्थ प्रथम उहाँको आरधानामा शील पालना शुद्ध हुनुपर्छ ।
ज्ञान उदयको लागि हामीले शिल ध्यानमा उहाँ मंन्जुश्रीको आरधाना अनुसरणमा शीघ्र प्रज्ञालाभ हुने शास्त्रहरुमा उल्लेख गरेको पाउछौँ ।

( महयानी बौद्ध धर्ममा उहाहरु आठै उपपुत्रहरु करुणा मैत्रीय र सद्भावनाको प्रतीक मान्दछ।

उहाँ मंजुश्रीको मत अनुसारनै हिमालय क्षेत्रमा (चिवि) पात्रो हेरिने गर्दछ । नेपाल काठमाडौंमा धेरै कुराहरु शीत जोडिनु भएको छ । २२ सय बर्ष पुरानो सुनको अक्षरले लेखिएको प्रज्ञापारमिता हालमा पनि काठमाडौंको दर्शन गर्नु सकिने .शीत पनि उहाँको प्रसंगहरु आउछ ।

अर्को अति लोकप्रिय त काठमाडौं दहलाई उहाको खडकले चोभारमा काटेर मानवबस्ती बसाल्नु भएको कहानी हो । उहाले यस्तो प्राणी हितार्थ अनेकौं कार्यहरु गर्नु भएको छ ।उहाँको जीवन शीत सम्बन्धित स्थलहरु नेपालमा प्रशस्त पाईन्छ।

संसारको महयानी बौद्ध धर्म नेपाल चिन भुटान आदि देशमा उहालाई ज्ञानको प्रतिकमा पुज्ने गर्दछ ।

Share

Related posts

Leave a Comment