बुढानिलकण्ठ नगरपालिकाको विपद व्यवस्थापन कोषमा बौद्ध महायान केन्द्रको ५० हजार सहयोग

नेपाल बौद्ध महायान केन्द्र गुम्बाले बुढानिलकण्ठ नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनले समस्यामा परेको सर्वसाधारणलाई सहयोग गर्न नगरपालिकाले स्थापना गरेको कोषमा गुम्बाले सहयोग गरेको हो ।

नेपाल बौद्ध महायान केन्द्र गुम्बा बुढानिलकण्ठ-११ का प्रतिनिधिले सहयोग रकम नगर प्रमुख उद्धव खरेललाई हस्तान्तरण गरेका थिए । विपत्तिको बेला सहयोग रकम प्रदान गरेर गुम्बाले ठूलो सहयोग गरेको भन्दै नगरप्रमुख खरेलले धन्यवाद ज्ञापन गरे ।

Share

Related posts

Leave a Comment