विश्वकै ठूलो बौद्ध विद्यालय

चीनको चेंगदु नजिकै रहेको विश्वकै सबैभन्दा ठूलो आवासीय बोद्ध विद्यालय लारुङ गार बुद्धिस्ट एकेडेमीमा ४० हजारभन्दा बढि विद्यार्थी अध्ययन गर्छन् । झन्डै एउटा गाउँजस्तै देखिन्छ यो एकेडेमी । टाढाबाट हेर्दा घरको छानाहरु मात्र देखिन्छ । सबै छानामा एकै किशिमको रातो रंग लगाइएको छ ।

दानबाटै बनेको यो एकेडेमी सन् १९८० मा स्थापना भएको हो । परम्परागत तिब्बती बौद्ध शिक्षा अध्ययनका लागि यहाँ मलेसिया, हङकङ, सिंगापुर, ताइवानलगायतबाट विद्यार्थीहरु आउने गरेका छन् ।

यो विद्यालयमा टेलिभिजन हेर्न प्रतिबन्ध छ, तर आइफोन चलाउन भने पाइन्छ । छात्र र छात्राका लागि सडक नै सीमाना बनेको छ । सडक वारी छात्रका लागि होस्टल छन् भने सडक पारी छात्राका लागि ।

Share

Related posts

Leave a Comment