राजकुमार सिद्धार्थले राजसी सुखसयल छाडेर ज्ञान प्राप्त गर्न हिडेको दिनको स्मरण गर्दै कपिलवस्तुमा महाभिनिष्क्रमण दिवश मनाईएको छ । असार पुर्णिमाका दिन राजकुमार सिद्धार्थले कठोर निर्णय गर्दै ज्ञानको खोजीमा आजभन्दा २ हजार ६ सय १७ वर्ष अघि मध्यरात राजप्रासाद त्यागेर निस्केका थिए । उक्त ऐतिहासिक घटना व्यूताउदै कपलिवस्तुमा पर्यटकीय आकर्षण बढाउन प्रयास थालिएको छ ।
यस दिनको विशेष महत्व रहेकाले बौद्धमार्गी लगायतलाई आकर्षण गर्नु सके पर्यटकीय क्षेत्रमा समेत टेवा पुग्ने लुम्बिनी विकास कोषका प्रमुख माधव आचार्यले बताए । यस्ता विशेष दिनहरुलाई मनाउन सक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

