बौद्ध धर्ममा पुजा प्रतिको भ्रम : निवारण

By: Jamphel Thupten
पुजा भनेको मानना गर्नु, आरधाना गर्नु हो, बुद्ध बोधिसत्वलाई खुसी पार्नु हो। बुद्ध बोधिसत्व तब खुसी हुन्छ जब सहि मार्गको आभ्यास , पुजन गरिन्छ। पुजा त्यो गर्नु जसले गर्दा बुद्ध, इष्टदेव, बोधिसत्व, अर्हत आदिको चित्त प्रसंन्न होउन् । बुद्ध धर्ममा पुजन उहाँहरुको लागि नभई आफ्नो क्लेस र आवरण क्षय र पुन्य सन्चयको लागि गरिन्छ।
मुख्यतः पुजालाई आमिष पुजा (भौतिक वस्तु पुजन ཟང་ཟིང་གི་མཆོད་པ་) र प्रतिपत्ति पुजा (སྒྲུབ་པའི་མཆོད་པ) गरि दुई भागमा वर्गीकरण गरिन्छ। आमिष पुजा भनेको सास्रब या भौतिक वस्तुहरु त्रिरत्नलाई चडाउनु हो भने प्रतिपत्ति पुजा भनेको बुद्ध वचन; सुत्र र शास्त्र धर्म ग्रन्थहरू श्रावण गरि त्यसानुसार चिन्तन र भावना गर्नु हो। अनि आफूमा भएको क्लेस क्षय गर्नु हो। यि दुईमा प्रतिपत्ति पुजा मुख्य हुन् भने आमिष पुजा त्यसको सहायक अभिन्न अंग हो।

आमिष पुजा (भौतिक वस्तु अर्पण गर्नु) पनि साक्षत योजयती र मनोमायी गरि दुई विधिहरू छन्। साक्षत योजयती भनेको जाल, धुप, पुष्प, दिप प्रज्वलन, आदि प्रतक्ष्य चडाउनु हो भने मनोमायी भनेको मनले जाल, धुप, पुष्प, दियो असंख्य निर्माण( visualise )गरि पुजन गर्नु हो। आमिष पुजा र प्रतिपत्ति पुजालाई उत्तम या उच्च तहको बनाउन अनुत्तर पुजामा परिणत गर्नु पर्छ। अनुत्तर पुजा भनेको ति पुजन या साधना गर्नु अघि सम्बोधि प्राप्तिको आशय लिएर गर्नु हो।

पुजा किन गरिन्छ?
कर्म शुद्धिकरण र पुन्य सन्चयको लागि पुजा अत्यावश्यक छ। पुन्यावान ब्यक्तिको हरेक इच्छा पुरा हुन्छ བསོད་ནམས་ལྡན་པའི་མི་ཡི་བསམ་པ་རྣམས་ཀྱང་འགྲུབ། भनेर बुद्धले बताउनुभएको छ।
पुजा भन्नले कर्मकण्डलाई बुझ्ने एक पट्टी जमर्को देखिन्छ भने बौद्धले त्यसरी ब्याख्या गरिदैन। बौद्ध धर्ममा पुजा न कर्मकण्ड हो, न संस्कार। तर त्यसरी बुझ्नु उनीहरूको भ्रम हो भनेर बुझ्नु पर्छ।

महायानमा थेरवाद भन्दा भिन्नै पुजा विधि (आमिष पुजा) को अवश्यक किन?
महायानमा सम्यक्सम्बुद्ध प्राप्त गर्न बोधिचित्त उत्पात महत्वपूर्ण हुन्छ। त्यसका लागि धेरै पुन्य चाहिन्छ। त्यसैले आमिष पुजा अन्तर्गतको साक्षत योजयती पुजाको साथै असंख्या मनोमायी पुजन अत्यावश्यक छ। जुन ‘भद्रचार्य प्रणिधान सुत्र’ जस्ता महायानका धेरै सुत्रहरूमा स-विस्तार बताउनुभएको छ। मनोमायी (मनले निर्माण गरेका) पुजाबाट पुन्य लाभ होला त? किनकि त्यो एक चित्तले निर्माण गरेका मात्र हुन् भन्ने प्रश्न उठ्न सक्छ। त्यो अवश्य! महायानमा विशेष चित्तले अहंम् भूमिका निर्वाह गरेको हुन्छ र चित्तले हजार दियो निर्माण गरि पुजन गरे, हजार दिप प्रज्वलनको पुन्य बराबर पुन्य मिल्ने छ। त्यस्तै लाख सोचे लाखौं , करोडौं ईत्यादि।

बुद्ध, बोधिसत्वको प्रतिमा बनाएर पुजापाठ किन गरिन्छ?
एक साधारण महायानी साधकले बुद्धको प्रतक्ष्य दर्शन गर्न नसकिने र बोधिसत्वको चार्यमा मार्ग अनुसार सयौँ, हजारौं, लाखौं बुद्धहरूको सामू गएर दिप, पुष्प, धुप असंख्या पुजन गर्नु पर्ने भएकाले त्यसको आभ्यास र पुन्य सन्चयको लागि बुद्ध, बोधिसत्वको प्रतिमा बनाएर पुजापाठ गरिन्छ। यसबारे मध्यमकावतरको भाष्याहरूमा विस्तृत व्याख्या पाइन्छ।

बुझ्नुपर्ने कुरा, बुद्धको मूर्ति ढुंगाले बनाएको होस या माटो। फलामको होस या चाँदी या सुनको। त्यो महत्व होइन। हरेक बुद्धको मूर्तिलाई साँचिकै बुद्धको संज्ञा राख्न सक्नु र नसक्नु महत्वपूर्ण हो। ढुंगाले बनाएको बुद्धको मूर्तिलाई साँचिकै बुद्धको संज्ञा राखेर श्राद्धपुर्वक जाल, धुप , दीप अर्पण गरे एक जिवित बुद्धलाई पुजन गरेको पुन्य बराबरको पुन्य प्राप्त हुन्छ भनेर सुत्र ग्रन्थहरुमा उल्लेख गरिएको छ। तर दानदाताले कुन धातु प्रयोग गरेर मूर्ति बनाउन लगाए त्यो अनुसारको पुन्य दानदातालाई मिल्नेछ।

बज्रयानको पुजा विधि फरक हुनुको कारण:
बज्रयान गुह्य तन्त्र भएकाले गुह्य विषय बताउन नमिले पनि साधारण विषय बताउनु पर्दा बज्रयान ध्यान विधि भनेको कोइलालाई सुनमा परिणत गर्नु जस्तै हो। अहिले प्रचलित फोहोर मल मुत्रलाई उर्जामा परिमार्जित गरे जस्तै बज्रयानमा माछा, मासु, मदिरा जस्ता तुच्छबाट उच्च साधनामा परिमार्जन गर्न सकिन्छ जस्तै क्लेस, राग, द्वेषलाई पनि बुद्धत्व प्राप्तिको हेतुमा परिणत गर्ने आभ्यास बज्रयान विधि हो। बज्रयानका पुजा विधिमा मासु, भालेको अन्डा जस्ता तुच्छ वस्तु चाहिन्छ। तर यसको मतलब साँचिकैको मासु, अन्डा चाहिन्छ भन्ने छैन।

बज्रयान विशेष चित्तले विजियोलइज गर्नुमा आधारित छ। बज्रयानका हरेक पुजा विधि चित्तले विजिलाइज् गरेर साधना गर्ने हो। पहिलेको समयमा बज्रयानमा पुजन सामग्रीको अवश्यक थिएन तर समयको अन्तराल सँगै सबैले एक एक विजिलाइज् गरेर सम्झिन गर्यो हुने देखेर ति पुजनलाई वस्तु या रुपमा बनाएर देखाए मात्र यस्तो रहेछ भनि स्मरण गर्न सक्ने भएकाले पुजन सामग्री अवश्यक पर्न थाले। त पनि बज्रयान पुजामा हरेक सामग्री तयार गर्न र चढाउन सक्दैन। प्रायः संकेतिकहरू नै हुन्छन्। बज्रयानमा सामग्री भन्दा विजिलाइज् बलियो चाहिन्छ।

Share

Related posts

Leave a Comment