प्रत्येकयान र प्रत्येक बुद्ध

भगवान बुद्धले तिन यान देखाउनुभयो। श्रावकयान, प्रत्येकयान र बोधिसत्वयान। श्रावकयान र प्रत्येकयान हिनायान भित्र पर्दछ भने बोधिसत्वयान महायान भित्र। हिनायानको मतलब महायानलाई हेर्दा सानो यान भनेको हो तर सानो भने पक्कै होइन। यी तिन यान बुद्धले प्राणीको चित्तको गोत्र, बुझ्ने क्षमता आदिलाई मध्यनजर राखी सुनाउनु भएको हो र हरेक यानको अन्तिम लक्ष्य फरक फरक छन्।श्रावकयान, प्रत्येकयान र बोधिसत्वयानको अन्तिम लक्ष्य- क्रमशः निर्वाण, प्रत्येक बुद्ध र सम्यक्संबुद्ध।

अहिलेलाई प्रत्येकयानको धारणा, अभ्यास, वर्तमान समयमा यसको अभ्यास छ या छैन? तिर जाउँ।
अभिसमयअलंकारको རང་བྱུང་བདག་ཉིད….. ། श्लोकबाट :-

तथागत सक्यामुनिबाट गम्भीर प्रतित्यसमुत्पाद धर्म श्रावण गरि चिन्तन र भावनाबाट अन्तमा बिना गुरुको उपदेश आफैले प्रयत्न गरेर प्रत्येकयानको बोधि प्रतुर्भव गर्न सक्ने मध्यम पुरुष, प्रत्येकयानीको धारणा हो। प्रत्येकयानीलाई एकाकी प्रत्येकयानी, महावर्गचारी प्रत्येकयानी र अधम वर्गचारी प्रत्येकयानी गरी तिन वर्गमा वर्गिकरण गरिएको छ। यसलाई पनि सात विशेषताबाट बुझ्नुपर्ने हुन्छ।

जात र इन्द्रियको फरक, मार्ग प्राप्तिको फरक, संभार ( पुन्य) सञ्चयको फरक, फल प्राप्तिको फरक, क्षेत्र र हेतुको फरक, धर्म देशनाको फरक र शब्दिक अर्थ।

१) जात र इन्द्रियको फरकमा- श्रावणयान भन्दा क्लेस अलि थोरै हुने भएकाले संघसर्गा (समुह)मा बस्न नरुचाउने, एक्लै बस्न रुचाउँछन्। बोधिसत्वलाई भन्दा कम करुणा हुनेहुँदा बृहत प्राणीको कल्याण नरुचाउने र भित्री सम्यक् समाधिमा बस्न रुचाउँछन्। “बाह्य वस्तुग्राह” प्रत्येकयानको मार्गमा प्रहाण गर्न सके पनि भित्री “चित्त सत्ताग्रह” प्रहाण गर्न सक्दैनन्।

२) मार्ग बृद्धिक्रमको फरक :- तिनिहरु मध्ये एकाकी प्रत्येकयानीले प्रत्येक बुद्ध प्राप्त गर्नुभन्दा एक जन्म मुनि सय कल्पसम्म बुद्धलाई गुरु मान्नेर धर्म श्रावण गरि क्रमबद्ध रूपमा अभ्यास गरि हेतु पुर्णता बनाउँछन् र मृत्यु हुनु अघि तिन प्रार्थना गर्छन: १) बुद्ध र बुद्धका श्रावकहरु नभएको ठाउँमा जन्म लिओस्। २) भवचक्रको अन्तिम जन्ममा कुनै गुरुमा आश्रित नभइ आफैले बोधि( प्रत्येक बुद्ध) प्राप्त गर्न सकुन्। ३) अरुलाई बिना शब्द प्रयोग गरि संकेतबाट धर्म सुनाउन सकुन्।

३) संभार ( पुन्य) सञ्चयको फरक:- तिनै प्रत्येकयानीले प्रत्येक बुद्ध प्राप्त गर्न सय कल्पको पुन्य सञ्चय गर्नुपर्छ भनि बताएको पाइन्छ त पनि त्यो निर्धारित भने पक्कै होइन।

४) फल प्राप्तिको फरक:- तिनै प्रत्येकयानीले बिना गुरु भवचक्रको अन्तिम जन्ममा प्रत्येक बुद्ध प्राप्त गर्छन्। किनकि तिनैले ति तिन प्रार्थना गरेको हुन्छ।

५) क्षेत्र र हेतुको फरक:- तिनैले प्रतित्यसमुत्पाद द्वादास निधनको अभ्यास गर्छन्। तर एकाकी प्रत्येकयानीहरु एक्लै बस्छन् भने महावर्गचारी प्रत्येकयानी र अधम वर्गचारी प्रत्येकयानी साथिहरुको समुहमा बस्ने, भिक्षटन जाँदा इन्द्रियलाई संयम बनाइ गृहस्थीहरु आस्था नहुनेहरू आस्थावान बनाउने, आस्था हुनेहरूलाई झनै आस्था बृद्धि गराउने गर्छन्।

६) धर्म देशनाको फरक:- तिनैले शब्द उच्चारण नगरिकन शरीरको शिरबाट आग्नी, मध्य भागबाट पानी र पाइतालाबाट धूँवा निकालेर धर्म देशना गर्छन् र स्रोतपन्न गराउँछन्। वचनबाट नगर्नुको कारण समाधि बिथोलिन्छ भनिन्छ। यो पनि मूलरुपमा वचन प्रयोग गर्दैनन् भनेको हो। तर बोल्दै बोल्दैन भनेको होइन।

७) शब्दिक अर्थ:- बिना गुरु भवचक्रको अन्तिम जन्ममा आफैले प्रयत्न गरेर प्रत्येक बुद्ध प्राप्त गर्ने हुनले प्रत्येक बुद्ध भनेको हो।

प्रत्येकयानीले गर्ने मूल अभ्यास भनेको १२ प्रतित्यसमुत्पाद या द्वादास निधन हो। कुन दृष्टि या प्रज्ञाको अभ्यास गर्छन् भन्दा:- अनात्म, बाह्य वस्तुसत् सुन्य र सुन्यतामा “बाह्य वस्तुसत् सुन्य” को अभ्यास गर्छन्। जुन मतको हिसाबले योगचारको मुल मत पनि हो। अर्थात्, योगचारको मुल मत “बाह्य वस्तुसत् सुन्य” र प्रत्येकयानीले समाधिमा अभ्यास गर्ने दृष्टि “बाह्य वस्तुसत् सुन्य” एकै हो।

वर्तमान समयमा प्रत्येकयानी या प्रत्येकयानको अभ्यास गर्ने कोही पनि छैन। किनकि अहिले सक्यामुनिबुद्धको श्रावकहरु छन् अर्थात्, बुद्ध शासन समाप्त भएको छैन। स्रोत : Jamphel Thupten
~भवतु सब्ब मङ्गलम्~

Share

Related posts