डोल्पाको विकास, संरक्षण र प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याएका कारण उपल्लो डोल्पाका चर्चित श्रद्धेय गुरु ङिङ्मा सान्ड्रुप गुरु ङलाई बुधवार काठमाडौँमा सम्मान गरिएको छ । उहाँको सम्मानमा उपल्लो डोल्पाका तीनवटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधि, डोल्पाका सांसद स्थानीय सहभागि थिए ।

सम्मानित हुने गुरु ङिङ्मा सान्ड्रुप गुरु ङ डोल्पो समाजको संस्थापक अध्यक्ष साम्बे छोयलिङ गुम्बाको संस्थापक हुनुहुन्छ । उहाँले डोल्पाको विकासमा उल्लेख्य योगदान पुर्याउनु भएको छ । साथै डोल्पा क्षेत्रमा बौद्ध धर्मको प्रचारप्रसारमा पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ ।

सम्मान कार्यक्रममा गुरु ङिङ्मा सान्ड्रुपको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै लामाहरुले विशेष पूजापाठ गरेका थिए । सम्मान कार्यक्रमको आयोजक थेन्सुक रहेको थियो ।



