छोग्याल रिन्पोछेको जन्मदिनमा छात्रवृत्ति र रक्तदान

नेपाल बौद्ध संघका संस्थापक छोग्याल रिन्पोछेको ३७ औँ जन्म दिनको अवसर पारेर संघले शुक्रवार छात्रवृत्ति प्रदान गरेको छ । संघले पाटन संयुक्त क्याम्पस इतिहास तथा बौद्ध शिक्षा अध्ययन विभाग अन्तर्गत स्नातक तहमा बौद्ध शिक्षा लिइ अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले बताए । बौद्ध धर्म संस्कृतिको प्रवद्र्धनका लागि स्थापित नेपाल बौद्ध संघले बौद्ध शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति दिन पाउँदा गौरव महशुष भएको कार्यकारी निर्देशक ठाकुरलेबताए ।

भिक्षु बोधिज्ञान महास्थविरको प्रमुख आतिथ्यमा छात्रवृति प्रदान गरिएको हो । कार्यक्रममा इतिहास तथा बौद्ध शिक्षा अध्ययन विभागका विभागीय प्रमुख डा. जगतराम पराजुली, उपप्राध्यापक डा. जुनुकला बासुकला, खेन्पो जितलाल तामाङ लगायतको उपस्थिति रहेको थियो । संघले अघिल्लो वर्षदेखि पाटन संयुक्त क्याम्पसमा बौद्ध शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छावृत्ति दिन सुरु गरेको हो ।

यसैगरी बिआईए इन्स्टिच्युटले पनि छोग्याल रिन्पोछेको जन्मदिनको अवसर पारेर काठमाडौंको बौद्ध स्तुप परिसरमा रक्तदान कार्यक्रम गरेको थियो ।

Share

Related posts

Leave a Comment