कोभिड १९ को प्रकोपमा सहयोगको हात फैलाउँदै पोल्याण्डकी बौद्ध अनुयायी माज्दा

कोभिड १९ को सक्रमणमा परेकाहरको सहयोग र उद्दारमा पोल्याण्डकी माज्दा निकै सक्रिय बनेकी छन् । गएको वर्षदेखि नै कोरोनाका कारण समस्यामा परेकाहरुलाई स्वास्थ्य, खाना, आइसोलेसन लगायतको सहयोग गरिरहेकी माज्दा यो पटक पनि उत्तिकै व्यस्त बनिन् । स्वयम्भूमा रहेको आनन्दकुटी आइसोलेसन सेन्टरको सल्लाहकार समेत रहेकी माज्दाले अक्सिजन कन्सन्ट्रेटर समेत सहयोग गरेकी छन् ।

यसबाहेक उनले गुम्बाहरुमा चिकित्सक सहितको टोली पठाएकी छन् । त्यस्तै अहिले १५ जना कोरोना संक्रमण भएकाहरुलाई आइसोलेसनमा राखेर उपचार गर्ने काममा पनि उनको सहयोग रहेको छ । त्यस्तै स्वयम्भू आसपासका कुकुर र बाँदरहरुलाई गएको लकडाउन देखि नै निरन्तर खाना खुवाउने काम गरिरहेको उनले बताइन् । स्वयम्भू क्षेत्रमै बसोबास गर्ने १ हजार जनालाई उनले खाना बाँडी सकेकी छन् ।

काठमाडौँका सडक कुकुरको क्षेत्रमा पनि माज्दाले काम गर्दै आएकी छन् । उनले क्याट सेन्टरमार्फत सडक कुकुरहरुको उद्दार गर्छिन् ।

सन् २०१७ मा स्थापना भएको ह्वाइट ग्रेन फाउण्डेसनमार्फत माज्दाले नेपाल र भारतमा विभिन्न किशिमका सामाजिक सेवाका कामहरु गर्ने गरेकी छन् । नेपालका अनाथ, विपन्न र सीमान्तकृत समुदायका बालबालिकाको शिक्षा, स्वास्थ्य र जीवनयापनका लागि उनको सहयोग रहँदै आएको छ ।

माज्दा बौद्ध धर्म र दर्शनको अनुयायी पनि हुन् । उनले कर्मपा इन्टरनेशनल बुद्धिष्ट इन्स्टिच्यूटमा अध्ययन गरेकी छन् । बौद्ध धर्म र दर्शनको अनुयायी रहेकी माज्दाले नेपालमा बौद्ध धर्मको प्रवद्र्धन र संरक्षणमा पनि सहयोग गर्दै आएकी छन् ।

Share

Related posts