बुद्धको अन्तिम भोजन

भन्ते नागसेन ! धर्म संगायना गर्नेवाला स्थबीरहरुले भन्नुभएको छ–सोनार चुन्दले दिएको भोजन खाएर मैले यस्तो सुनेको छु, बुद्धलाई त्यो कडा रोग भयो जसले अन्ततः महापरिनिर्वाण नै भयो । फेरि पनि, भगवानले यस्तो भन्नुभएको छः “आनन्द ! मलाई प्रदान गरिएको दुइवटै भिक्षा बराबर पुण्य दिनेवाला छ, अन्य लोकले दिएको भिक्षा भन्दा त्यो दुई सबैभन्दा अधिक फल र पुण्य दिनेवाला छ ।“

कुन–कुन दुई भिक्षा ?
(१) जुन भिक्षालाई खाएर मैले अलौकिक बुद्धत्वलाई प्राप्त गरेको थिए र
(२) जुन भिक्षालाई खाएर मैले संसारबाट सधैका लागी छुट्टी मिल्नेवाला परिनिर्वाणलाई पाए । यी दुई भिक्षा बराबर पुण्य दिनेवाला छ ।

भन्ते ! यदी चुन्दको भिक्षा खाएर भगवानलाई यस्तो कडा रोग लाग्यो जसले परिनिर्वाण भयो । तब त्यो भोजन दान अन्य लोकले दिएको दानभन्दा धेरै पुण्य दिनेवाला ठान्नु हुँदैन । र, यदी त्यो भिक्षा यथार्थमा अरुले दिएको भिक्षा भन्दा धेरै पुण्य दिनेवाला थियोे भने, तब यो हुनसक्दैन थियोे कि त्यसलाई खाएर भगवानलाई त्यो कडा रोग उठ्छ जसले वहाँको परिनिर्वाण नै भयो । विषले झै काम गर्नेवाला त्यो भिक्षा जसलाई खाएर भगवानले परिनिर्वाण प्राप्त गर्नुभयो । कसरी अन्य लोकले दिएको भिक्षा भन्दा धेरै पुण्य दिनेवाला हुनसक्छ ?

विपक्षी मतको कुतर्कलाई रोक्नका लागी तपाईं यसका कारण बताउनु होस् । लोकलाई यहाँ यस्तो भ्रम हुन्छ कि भगवानले लालचमा आएर खुब खानु भयो होला जसले गर्दा वहाँलाई रातो आउ पर्यो । यो पनि एक दुबिधा ।

महाराज ! धर्म संगायना गर्नेवाला महास्थबीरहरुले जे भन्नुभयो त्यो ठीक हो कि चुन्दको भिक्षा खाएर नै भगवानलाई त्यस्तो कडा रोग लाग्यो जसले गर्दा वहाँ परिनिर्वाण हुनुभयो । भगवानले जे भन्नुभयो त्यो पनि ठिक हो कि चुन्दले दिएको भिक्षा अन्य भिक्षा भन्दा धेरै पुण्य दिनेवाला छ ।

महाराज ! देवताहरु भगवानको यस अन्तिम भिक्षामा आनन्दले खुशी थिए । उनीहरुले त्यस सुकर–मद्दवमा दिब्य ओज भरिदिएको थिए । यसले गर्दा त्यो हलुका, छिटो पच्ने र खुबै स्वादिष्ट भएको थियोे । त्यसलाई खानका कारणले वहाँलाई त्यो रोग लागेको होईन । वहाँ धेरै कमजोर र आयुपुर्ण भएको कारणले त्यो रोग भयो र हालत धेरै खराब भयो ।

महाराज ! जसरी स्वयं बल्दै गरेको आगोमा इन्धन हाल्नाले त्यो अरु ठुलो बल्नेछ । त्यसरी नै भगवान धेरै कमजोर हुनाले र आयु पूरा हुनका कारणले त्यो रोग बढदै गयो ।

महाराज ! जसरी भारी वर्षाद हुँदा कुनै नदी अरु पनी उर्लिएर बग्न थाल्छ । त्यसरी नै भगवान धेरै कमजोर हुनाले र आयु पूरा हुनका कारणले त्यो रोग बढदै गयो ।
महाराज ! जसरी पेटमा गडबड, खराबी हुँदा केही काँचो अन्न खाएमा अरु धेरै पखाला लाग्छ । त्यसरी नै भगवान धेरै कमजोर हुनाले र आयु पूरा हुनको कारणले त्यो रोग बढ्दै गयो ।

महाराज ! चुन्दको त्यो भिक्षामा कुनै दोष थिएन । उसमाथी कुनै दोष लगाउन सकिदैन ।

भन्ते ! त्यो दुई भिक्षा कुन कारणले अन्य लोकले दिएको भिक्षाभन्दा धेरै पुण्य दिनेवाला मानिन्छ ?

महाराज ! किनकी त्यो दुई भिक्षालाई खाएपछि वहाँले धम्मको सबैभन्दा ठुलो चिजलाई पाउनु भएको थियोे ।

भन्ते ! धर्मको कुन चाहिँ सबैभन्दा ठुलो चिज ?

महाराज ! नव आनुपुर्विक बिहारको समापत्तीका उल्टो (प्रतिलो ) र सिधा ( अनुलोम ) साक्षात्कार गर्नु ।

भन्ते ! के भगवानले बुद्धत्व प्राप्ति र परिनिर्वाण दुइवटै समयमा त्यसलाई साक्षात्कार गर्नु भएको थियोे ?

हो महाराज !

भन्ते ! धेरै आश्चर्य छ !! धेरै अदभूत छ !! कि बुद्धलाई प्रदान गरिएको यो दुबै भिक्षा सबैभन्दा धेरै गौरवको मानिन्छ । नव अनुपुर्वि–(बिहारको समापत्ती पनि धन्य हो । जसको कारणले यी दुई भिक्षाहरु यति महत्त्वको भयो ।

ठीक छ भन्ते नागसेन ! तपाईं जे भन्नुहुन्छ, म स्वीकार गर्दछु ।

पुस्तकःमिलिंद प्रश्न ।
लेखकः भिक्षु जगदीश काश्यप ।
अनुबादः सुर्य तामाङ

Share

Related posts