भगवान बुद्ध वा बौद्ध धर्म अन्तर्गतका अन्य कुनै पनि बुद्ध–बोधिसत्वलाई आस्था–भक्ति, ध्यान–जप वा पुजा–साधना गर्नको निमित्त सोही भगवानको मुर्ति, थाङका वा कुनै प्रकारको प्रतिमाको अत्यन्तै आवश्यक पर्ने हुन्छ ।
मनुष्य वा कुनै पनि प्राणी बाहिरी रुप मात्र नभई भित्री मासु, हड्डी र नसानलीबाट बनेको हुन्छ । ठीक त्यसै गरि भगवानको मुर्तिहरु पनि भित्रबाट सुङ नभरिएको खण्डमा सजावटको उपयोग गरिनु बाहेक पुजा–साधनाको लागि र गुम्बा–मन्दिर वा पुजा कोठामा स्थापना गर्नको लागि पनि अयोग्य मानिन्छ । त्यसैले भगवानको मुर्ति स्थापना गर्नु पुर्व त्यसभित्र दक्ष विशेषज्ञ गुरुहरुबाट सुङ भराएर आफ्नो पुज्यनिय गुरुद्वारा राब्ने विधि सञ्चालन गराउनु पर्दछ ।
यसरि सहि तरिकाले सुङ भरेर गुरुद्वारा राब्ने गराउँदा सम्पुर्ण पुजा–साधना विधि सफल हुने मात्र नभई राम्ररी नियमित रुपमा जल, धुप बत्ति चढाउने गर्नाले स्थापना भएको घर, गुम्बा वा मन्दिरसहित वरिपरिको सिंगो गाउँटोल नै पवित्र बनाउँछ र विभिन्न प्रकारका विघ्नबाधा, सँकट र दुष्टहरुबाट रक्षा गर्दछ ।