प्राचीन महत्वको बौद्ध सम्पदाः स्वयम्भू

स्वयम्भू काठमाडौं शहरको पश्चिमतर्फ डाँडामा रहेको काठमाडौं उपत्यका भित्रको एउटा प्राचीन बौद्ध सम्पदा हो । तिब्बती भाषामा यस स्थललाई “फाग्पा शिङ्कुन” अथवा (सर्वोत्तम बृक्षहरू) भनिन्छ, जुन त्यहाँ पाइने विभिन्न प्रजातिका रुखहरुले जनाउँछ । यद्धपी शिङ्कुन चाहिँ स्थानीय नेपाल भाषाको मिश्रित “सिङ्गु” को अपभ्रंश नै स्वयम्भू भएको पनि हुन सक्छ । शिंगुको अर्थ स्व मुहान हुन्छ ।

मिथोलोजी
स्वयम्भू पुराणका अनुसार कुनै समय काठमाडौ उपत्यकाभरि नै एउटा विशाल ताल थियो जसको बीचबाट एउटा कमलको फुल उम्रेको थियो। यस उपत्यकालाई स्वयम्भू भनेर चिनिन थाल्यो, जसको अर्थ हुन्छ “आफै उत्पत्ति भएको” । र, स्वयम्भु नाम त्यहाँ अवस्थित स्वयं उत्पन्न भएको अग्निको कारणले राखिएको हो, जसको माथि पछि एउटा स्तुप बनाइयो ।

स्वयम्भुलाई मंकी टेम्पल पनि भनिन्छ । यो नाम चाँही यहाँ घुम्न आउने विदेश नागरिकका कारण रहन गएको हो । स्वयम्भूको उत्तर(पश्चिम दिशामा थुप्रै बाँदरहरु बस्दछन् । यहाँ रहेका बाँदरलाई पवित्र मानिन्छ । किंवदन्तिअनुसार बोधिसत्व मञ्जुश्रीले जतिबेला पहाड निर्माण गरिरहनुभएको थियो त्यही पहाडको माथि आज स्वयम्भू स्तुप अवस्थित छ । मञ्जुश्रीले आफ्नो केश छोटो राख्नुपर्नेमा बढाएर लामो हुन दिनुभयो र केशभित्र जुम्रा उम्रिन थाल्यो। । भनिन्छ त्यही जुम्राहरु नै पछि बाँदरमा परिणत भएका हुन् ।

मञ्जुश्रीले स्वयम्भूमा अवस्थित कमलको दिव्यदृष्टि देख्नुभयो र त्यहाँ उपासना गर्नका लागि भ्रमण गरेर पुग्नुभयो । यस उपत्यकामा राम्रै बस्ती बसाउन सकिने सम्भावनालाई देखेर र यस धेरैभन्दा धेरै मानव तीर्थयात्रीहरुलाई सुगम्य बनाउनका लागि चोभार डाँडालाई काट्नुभयो । त्यसपछि त्यो विशाल तालको पानी उपत्यकाबाट निकास भयो जुन ठाउँमा आज काठमाडौ अवस्थित छ । त्यसपछि कमलको बोट पर्वतमा परिणत भयो र फूल स्तुपमा बन्यो ।

स्वयम्भूनाथ नेपालको सबैभन्दा पुरानो धार्मिक तीर्थस्थलहरुमध्ये एक हो । गोपालराजवंशावली अनुसार यो राजा मानदेवको हजुरबुवा राजा वर्षदेवद्वारा पाँचौ शताब्दीको शुरुवाततिर बनाइएको हो । यो तथ्य त्यहाँ फेला परेको भत्किएको शिलालेख बाट पुष्टि हुन्छ, जसले राजा वर्ष देव द्वारा सन् ६४० भित्रमा कार्य समाप्तिको हुकुम गर्नुभएको कुरा निर्दिष्ट पार्दछ ।

तथापि सम्राट अशोकले तेस्रो शताब्दी ईसा पूर्व स्वयम्भूनाथको भ्रमण गर्नुभएको कुरा पनि उल्लेखित छ जहाँ उहाँले पर्वतको टुप्पोमा मन्दिर निर्माण गर्नुभयो जसलाई पछि भत्काइयो । यस स्थललाई बुद्धिष्ट तीर्थस्थलको रुपमा चिनिएको भएतापनि बुद्धिष्ट र हिन्दू धर्मावलम्बीहरु दुवै धर्मावलम्वीले एकदमै श्रद्धा व्यक्त गर्दछन् । धेरै हिन्दू राजाहरुले यस मन्दिरलाई सम्मान टक्राएको कुरा पनि उल्लेखित छ, जसमध्ये काठमाडौंका प्रतापी राजा प्रताप मल्ल पनि पर्दछन्, जो १७ औँ शताब्दीमा स्वयम्भूको पूर्वपट्टि निर्मित खुड्किलोको पनि जिम्मेवार हुनुहुन्छ ।

शिल्पकला
यो स्तुपको जग गुम्बज शैलीयुक्त छ, जसको माथि चारै दिशातिर हेरिरहेको बुद्धको नेत्र सहित घनाकारी संरचना चित्रित छ । त्यसको माथि चारै दिशामा पंचकोणी तोरण पनि राखिएको छ । जसमा मूर्तिहरु पनि कुँदिएका छन् । त्यहाँ तोरणको पछाडी र माथि तेह्रवटा पङ्क्तिहरू पनि राखिएका छन् । ती सबै पंक्तिहरूको माथि सानो खाली ठाउँ छ र त्यसको माथि चाहिँ गजुर अवस्थित छ । यस गजुरको भित्र धेरै शस्त्रास्त्रहरु छन् ।

Share

Related posts