बज्रयान के हो ? बुद्ध के हाे ?

बज्रयान तिव्बतका आफ्ना निजी मौलिक धर्म होईन र यो कुनै लामाबवाद पनि होईन । यस कलियुगमा लोप, मोह र क्लेशले अति विक्षिप्त अन्धकारमा अर्थहीन कर्ममा रूमलिरहेका अति व्यस्त मनुष्य लगायत समस्त जगत प्राणिहरूलाई सर्वप्रकारम् जगतहिताय अर्थात् उपाय कौशल्य महाकरूणा र महाप्रज्ञाको व्यवहारिक र अति सरल माध्यमद्वारा चाँडो भन्दा चाँडो बुद्धत्व प्राप्त गर्ने मार्ग विशेषता भएको बुद्धको ज्ञान नै वज्रयान हो यसलाई गुह्ययान,तन्त्रयान र मन्त्रयान मार्ग पनि भनिन्छ ।

यो यान विशेष अति तिक्ष्ण बुद्धि वा ईन्द्रिय क्षमता भएको पुद्गल व्यक्तिहरूका लागि हो जो एकै जुनिमा बुद्ध प्राप्त गर्न सक्ने क्षमता भएको हुन्छ र अन्य मध्यम र समान्यजनको लागि हो भने कोशिस गरेमा अन्तरभव (बार्दाे) को अवस्थामा र तीन वा बढिमा सात जुनिसम्ममा बुद्धत्व हाँसिल गर्ने उपाय मार्ग हो । यहाँ बुद्ध भनेको ज्ञान हो व्यक्तिवाचक नाम होईन ।

बाहिरी अल्पज्ञानको दृष्ट्रिकोणबाट हेर्दा बडो काल्पनिक, हाँस्यस्पद, अतिरञ्जित र बुद्धको उपदेश सूत्र र थेरवाद परम्परा सँग सामज्यस्यता नमिल्दो खालका वज्रयान धर्म देखिए पनि एउटा उच्च वज्रयान सद्गगुरूको निर्देशनमा तन्त्र अध्ययन, अभ्यास र ध्यान लाई निरन्तरता गर्दै गर्दा बुद्धको ज्ञान र धम्मचक्र शिक्षामा अद्वेत, कुनै प्रकारको दोष रहित शुक्ल पक्षको पूर्ण चन्द्रमा सरि अकाट्य प्रमाण, विश्वास र मनमा गहिरो श्रद्धा र करूणा उत्पन्न हुनुको साथै सम्यक सम्बुद्ध ज्ञानको सुख र आनन्दको भावनमय रसस्वादन हुँदै जान्छ जो शब्दबाट व्यक्त गर्न सकिँदैन शब्दातित हुन्छ, भनिन्छ लाटोले उखु खादैँ गर्दा भएको व्यक्तै गर्न नसकिने स्वअनुभव ।

उदाहरण पेश गर्दा ८ औं शताब्दिमा गुरू पद्मसंभवको शिक्षा निर्देशनमा तिब्बतका ३७ औँ धर्म राजा ठिस्रोङ देउचेन (७५५-७९७ ऋ.भ्.) र महागुरू स्वयंका अति नजिकका भोटका २५ जना शिष्यहरू (जेबाङ ञेरङा) ले एकै जुनिमा बुद्धत्व प्राप्त गरेका थिए र त्यसैको निरन्तरता धाराको प्रभाह वर्तमान समय सम्म पनि एकै जुनिमा ईन्द्रेणि देह (ज्यालु) बुद्धत्व प्राप्त गरेका र गर्नमा लिन भएका कैयौँ साधक ध्यानी योगिहरू भोट र नेपालका हिमाली भेगमा प्रशस्त पाईन्छ ।

अझ भन्नु पर्दा तिब्बतमा बुद्ध धर्मको बिजारोपण नै नेपालबाट भएको देखिन्छ, ७ औं शताब्दितिर नेपालका राजकुमारी भृकुटी (ल्हचिग ठिचुन( ई. ६४०) ले तिब्बतका ३३ औं राजा स्रोङचेन गम्पो (६२७-६४९ ऋ.भ्.) सँग विवाह बन्धनमा बाँध्नु भई नेपालबाट बुद्धमुर्तिहरू लगेर स्थापना गर्नुको साथै भोटको सबैभन्दा पहिलो गोम्पा ज्योखङ् तिब्बतको राजधानी ल्हासामा महारानी भृकुटिको माईती देश नेपालको संस्मरण गरी उक्त गोन्पाको मूल ढोका नेपालतिर फर्काएर स्थापना गरेको थियो जुन अहिले सम्म पनि प्रसिद्ध र दर्श्निय रहेको छ ।

तत्कालिन ८ औँ शताब्दिका समयमा नेपालमा आचार्य हुँकार, मञ्जुशिला, सिद्धकला, शाक्यदेमा (शाक्यदेवी) जस्ता बुद्धत्व प्राप्त गरेका व्यक्ति थिए । त्यसैगरि पछिका समयकालमा सबैले सुनेका योगि मिलारेपा, मुस्ताङ लोमान्थाङका ङारी पेन्छेन र आज हाम्रो समयकाल सम्म ज्याडाल रिन्पोक्षे, दुज्योम रिन्पाछे, खेन्चे रिन्पोक्षे, ठुल्सिक रिन्पोक्षे, पेनोर रिन्पाक्षे, चेटुल रिन्पोक्षे आदि बुद्धत्व ज्ञान बोध गरि सकेका महान् व्यक्तित्वहरू हुन् ।

Share

Related posts