डोल्मा अर्थात तारादेवी

ཨོཾ་ཏཱ་རེ་ཏུཏྟཱ་རེ་ཏུ་རེ་སྭཱ་ཧཱ།
ओं तारे तु त्ता रे तुरे स्वाहा ।।

डोल्मा अर्थात् आर्य-तारा देवि महयानी बौद्ध धर्ममा अतिनै लोकप्रिय आर्य- देवी हुनुहुन्छ । धेरै ठूलो त्याग समर्पण तथा ध्यान-साधना बाट उहाँ मान्य हुनुहुन्छ ।
रिस आरिष घमण्ड लोभ र अज्ञानता पुर्णतः त्यागी सकेको हुनुहुन्छ । उहाँ आर्य-तारा देवी पनि एक उदाहरणीय हुनुहुन्छ अनि सबैको पुज्य हुनु पनि हुन्छ ।

बिशेष गरेर यी पञ्चविष ; रीस लोभ आदि त्यागेको चित्त क्रमश प्रज्ञा एवम् ज्ञान कायमा रुपान्तरण हुने हुदा स्वाभाविकरुपले यस्तो ज्ञान कायमा दया करुणा सम्मानता आदिको उदय हुन्छ यस्तो दया करुणा पनि अपरिवर्तित हुन्छ ।

आर्य- तारादेवि डोल्मा करुणामय हुनुहुन्छ करुणमय भन्नाले एक माताले आफ्नो बच्चालाई निःसर्त निःसन्देह तबरले माया गर्ने आफू रित्तिएर पनि सन्तानको झोला भरिदिने आफू भोकभोकै कयौंपटक बसिदिने । अनि आफ्नो भाडो रित्तो बनाएर बच्चाको भाडो भरिदिने जस्ता अतुलनीय कर्म गर्न सक्नेलाई करुणामय भनिन्छ ।

तर एक माताको करुणा र तारादेवीको करुणामा अलि फरक हुन्छ । एक माता सन्तानको लागि स्वार्थी भैदिन्छ ऊ आफ्नो बच्चाकोलागि अरु सित प्रतिस्पर्धा गरिदिन्छ झगडा गरिदिन्छ रोइदिन्छ । यहासम्मकी आफुनै मर्नपनि पछि पर्दैन केवल एक बच्चाको लागि तसर्थ एक माता आफ्नो बच्चाको लागि ऊ स्वार्थी भैदिन्छ र त्यो स्वार्थमा रिस हुन्छ आरिष घमण्ड आदि आदि ।

तर उहाँमा त्यो रिष घमण्ड आदि लुप्त हुन्छ शून्य हुन्छ । उहाँले संसार जगतको सम्पुर्ण प्राणिलाई नै एकै नजर,करुणाले हेर्नू हुन्छ करुणाको नजरले । तसर्थ उहाँ महा माता हुनुहुन्छ ।हामी सबैको माता ।

उहाँको अनुसरण गर्दै हामीले पनि उहाँले जस्तै यी पञ्चविष त्यागेर हामी जोकोही उहाँ जस्तै बन्न सक्छौ।
यसको लागि बिहान बेलुका अध्यान हैन साधना गर्नु पर्छ जपध्यान गर्नु पर्छ । जप गर्नाले हाम्रो बोलि वचन शुद्ध हुँदै जान्छ । किन भने जप गरेको बेलामा केही बोलिदैन। नबोलेमा व्यर्थको कुरा अपसब्द जस्तो वचन क्रमशः न्यूनीकरण हुँदै जान्छ। मनमा पनि जपध्यान गर्दा नकारात्मक सोच तथा उर्जा पैदा नहुने हुदा क्रमशः मनमा सन्तोष तथा हलुँगो हुँदै जान्छ ।

यसै कार्यको – क्रिया जपध्यान गर्ने मान्छेहरु बिस्तारै अलि नम्र हुँदै जाने जीउमा आलस्य तथा उच्छृङ्खलता आउने खानपिनमा कटौती गर्दै लानाले शरीरमा पनि फाईदा हुँदै क्रमश सम्याक मार्ग प्रवेशमा मद्दत पुग्छ । सम्याक कर्म तथा मार्गमा लागे पछि भुत प्रेत अदि सबै व्यर्थ भैदिन्छ ।

तर हामीले यसको प्राप्ति फल पाउनु चाहिँ हतार गरेर कदापि हुदैन। यस्तो फल प्राप्तिको लागि बर्षौ वर्ष लाग्न सक्छ । भनिन्छ पहिलाको अर्हतहरुले पनि बर्षो बर्ष सम्म आफ्नो ज्याननै माया मारेर ओडारमा ; भिरको फेदमा ध्यान तपस्या गरेको थियोे ।

हाम्रो बुद्ध भगवानले पनि तीन असंख्य कल्प सम्म पुण्य संभार र ज्ञान संभारहरुको सञ्चय पश्चात् मात्रै निर्वाण बुद्धत्त प्रात गर्नु भएको थियो । यसो भन्दैमा हामीले लामो समस्य लाग्ने रैछ ; केही हुदैन रैनछ ; भनेर अल्छी गरेर बस्नु हुदैन। सदीयौंदेखि हामी यस्तै अल्छी र निराशाले आज दुःखदायी जगत संसारमा जन्म मृत्यु जस्तो दुःखदायी जगतको भावचक्री छौ ।

अब अहिले उमेर भएको बेला शरीमा उर्जा शक्ति भएको समयमा थोरै भए पनि मोबाइल आदि मनोरञ्जनको दुनियाँबाट समय निकालेर आध्यात्मिक ध्यान साधना गर्न सकेमा हामीलाई कालान्तरमा आफ्नो( चित्त) मनको लागि त्यो भन्दा ठुलो लगानी अरु हुदैन।

सांगे लेग्देन गुरुङ (भूपेन)

Share

Related posts