आउदै गरेको २५६५ औँ बुद्ध जयन्तीको अवसर पारेर बि.सि.सि. लण्डन ब्रान्चद्वारा जुम र फेसबुकमार्फत् विशेष कार्यक्रम गरिने भएको छ । जुम र फेसबुकबाट गरिने त्रियाना सम्बन्धी धर्मदेशना, गुरु रिन्पोछेको जीवनीका साथै पूजापाठ र जपको ल्हुंग प्रदान पनि गरिनेछ । २६ मेमा हुने यस कार्यक्रममा सहभागि हुन बि.सि.सि लण्डनका ब्रान्चले अनुरोध गरेको छ । कार्यक्रममा नेपालबाट महायोगी विद्याधर श्रीधर रिन्पोछे पनि अथिति वक्ताको रुपमा सहभागि हुनु हुँदैछ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण जुम र फेसबुकमा बेलायती समय १२ः०५ र नेपाली समय अनुसार ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको अध्यक्ष…
Read MoreMonth: May 2021
बुझौ विस्तृतमा कर्मकाग्यू बौद्ध परम्परा
डा. रमेश ढुंगेल हिमाली बौद्ध परम्पराका चार मुख्य उपसम्प्रदायमध्ये कर्ग्युपा दोस्रो स्थानमा पर्छ। सातौँ शताब्दीदेखि भोटमा बौद्ध परम्परा सुरु भएको हो। ११औँ शताब्दीमा कादम्पा हुँदै यस कार्ग्युप सम्प्रदायको थालनी नहुँदासम्मको पूर्वरूप वा थालनी युगको परम्परालाई निङ्मपा अर्थात् ‘पुरातन पद्दति’ को रुपमा चिनाउने चलन बस्यो। कर्ग्युपाको अर्थ बुद्ध वचनको मूल रूपलाई अपनाउने पद्धति हो। यस पद्धति लगत्तैपछि विकसित परम्परालाई सक्यपा भनिन्छ। जसको अर्थ हुन्छ, खैरो भूमि भएको ठाउँको गोन्पामा विकसित परम्परा। त्यसपछि १६औँ शताब्दीमा तिब्बतका वरिष्ठ विद्वान् लामा जे चोङखपद्वारा गादेन फोडाङ नामक गोन्पामा परिमार्जित तथा विकसित शास्त्रीय विशिष्टताको परम्परालाई गेलुगप…
Read Moreबुद्ध र नारी : बौद्ध समाजमा नारीको स्थान
भगवान बुद्धको देन मध्यमा एउटा यो पनि हो कि स्त्री जातिलाई पनि पुरूषहरूलाई झै बौद्ध समाजमा स्थान दिनुभएको छ । बौद्ध धर्मले गर्दा नारी समाजमा महान परिवर्तन भएको एउटा उल्लेखनीय मात्र होइन प्रशंसनीय कुरा पाइन्छ । यो कुरा बुझ्नलाई हामीले बुद्धकालीन पुर्व र पछि कट्टर ब्राम्हणवादलाई अ·िकार गरेर हिडनेहरूले लेखिएको हिन्दु ग्रन्थहरू पढी हेर्दा स्त्री जातिको ब्यक्तिगत जीवन विकासको लागि कतिको बाधा दिएको छ भन्ने कुरा थाहा पाउनु सकिन्छ । आज पनि समाजमा ब्यवहारैले नारी समाजलाई निम्न स्तरमा राखी शोषण गरिरहेको राम्रो संग देखिन्छ । हिन्दुहरूले खुव मानी राखेको मनु…
Read Moreबुद्धभूमी तिलौराकोटका तीन ऐतिहासिक संरचनाको जीर्णोद्वार
बुद्ध भूमि तिलौराकोटको मध्य भागमा रहेका तीन ऐतिहासिक तथा पुरातात्विक संरचनाको जीर्णोद्वार गरिएको छ । पुरातात्विक मूल्य र मान्यता अनुसार जीर्णोद्वार गरिएपछि संरचना आकर्षक देखिएको छ । यस्ले स्वदेशी विदेशी पर्यटकलाई आकर्षित तुल्याउने विश्वास गरिएको छ । मध्य भागमा रहेको ऐतिहासिक परिसरको दक्षिणतर्फको भित्री सुरक्षा पर्खाल, पूर्वी दक्षिण कुनामा रहेको भित्री सुरक्षा पर्खालको भग्नावषेशको पनि जीर्णोद्धार गरिएको छ । जमिनमुनी गडेर रहेको भाग उत्खनन् गरेर एक मिटर भागमा ईटा जोडेर भग्नावषेश माथि उठाईएको छ । उत्तर भागमा रहेको समयमाई मन्दिरको समेत जीर्णाेद्धार गरिएको छ । जीर्णोद्धार पछि जीर्ण बन्दै गएको…
Read Moreरहस्यले भरिएको काक्रे विहार
सेवा भट्टराई सुर्खेतको धुलाम्य सदरमुकाम वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घना जंगल छ– शान्त, धूलोधुवाँबाट अलग । जंगलै जंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पोमा पुगिन्छ । पुग्नेवित्तिकै भान हुन्छ, हामी कुनै प्राचीन स्थलमा उभिएका छौं । वरिपरि छरिएका भग्नावशेष । फूल, बादल, अरू बुट्टा, र बौद्ध देव–देवताका मूर्तिहरू कुँदिएका ढुंगाहरू । र, बीचमा शिखर शैलीमा बनिरहेको मन्दिर, जसको गजुर राख्नै बाँकी छ । यो काँक्रेविहारको दृश्य हो । करीब ५० वर्षअघि योगी नरहरिनाथले चर्चा गरेपछि काँक्रेविहारप्रति पुरातत्वविद् र बौद्ध विद्वानहरूको ध्यान आकर्षित भएको हो । काठमाडौं उपत्यकामा बज्रयानी, हिमाली क्षेत्रमा…
Read Moreपवित्र महिना सागादावाको महिमा
सागादावा अर्थात् जेष्ठ शुक्लपक्ष तिथिको अत्यन्त महत्वपूर्ण तथा पवित्र महिना मानिन्छ । विशेषगरी महायानी बौद्ध धर्मावलम्बीहरूमा यो पवित्र महिनाको महत्व विशेष खालको रहेको छ । भगवान् बुद्धले जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणमा प्रवेश गर्नुभएको अत्यन्त महत्वपूर्ण महिना सागादावा नैभएकोले गर्दा पनि यो महिनाको महत्व बढेर गएको हो । भगवान् बुद्धले विशेषगरी चार अवस्थाहरूले गर्दा दरवारको सबै सुखसयलहरू त्यागेर वनगमन गरेका थिए । ६ वर्षको कठोर तपस्यापछि बुद्धत्व प्राप्त गर्नुभएका सिद्धार्थ गौतमले आपूm दरबारमा रहँदा देखिएका ती दुखदायि चार अवस्थाहरू जस्तै ः जन्म, जरा, व्याधि र मृत्यजस्ता अत्यन्त दुःखद् अवस्थालाई जुनसुकै…
Read Moreआजदेखि एक महिनासम्म सागा–दावा अर्थात् बुम ग्युर दावा
आचार्य सार्की शेर्पा सागा दावा अर्थात् बैशाख महिनालाई बौद्धमार्गीहरूले एक पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्धमार्गीहरूले सागा (विशाखा) दावा (महिना) ‘सागा दावा’ भनिएको हो । शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग महापुण्य तिथि बैशाख पूर्णिमाका दिन पर्दछ । विशेष गरी यो महोत्सव बुद्धजयन्तीलाई लक्षित गरी मनाइने पर्व भए तापनि हिमाली बौद्धमार्गीहरूको समाजमा यो पर्व बुद्ध जयन्तीको ठीक एक महिनापछि पर्दछ । तर पनि नेपालमा प्रचलित पात्रोमा चन्द्र अधिकमास परेको वर्ष भने एकै महिनामा साथ पर्ने गर्दछ ।…
Read Moreतनाव र चिन्ताबाट कसरी मुक्त हुने ? जुमबाट प्रवचन दिदै छोग्याल रिन्पोछे
बौद्ध धर्म र दर्शनमा थुप्रै जीवनपयोगी ज्ञानहरु रहेका छन् । यस धर्मभित्र रहेका वैज्ञानिक र व्यवहारिक ज्ञानकै कारण अहिले विश्वभर नै बौद्ध धर्मका अनुयायीहरु बढ्दै गइरहेका छन् । गौतम बुद्धले दिनुभएका अनेकौ ज्ञानहरु हाम्रो जीवनका लागी एकदमै महत्वपुर्ण रहेका छन् । बौद्ध धर्मभित्र तनाव, चिन्ता, त्रास लगायतबाट कसरी बच्ने भन्ने अनेकौ विधिहरु रहेका छन् । आज विश्वमा नै तनाव र चिन्ताबाट छुटकारा पाउन बौद्ध धर्मभित्र रहेका ज्ञानहरुको अवलम्वन गर्ने गरेका छन् । हिमाली बौद्ध परम्पराका धर्मगुरु छोग्याल रिन्पोछेले पनि समय समयमा प्रवचन तथा जीवनपयोगी ज्ञानहरु बाँढ्दै आउनु भएको छ ।…
Read Moreभगवान बुद्ध र सारीपुत्रको अन्तिम भेट
भगवान बुद्ध श्रावस्तीको जेतबन बिहारको गन्धकुटीमा बिहार गर्नुहुन्थ्यो । पाँचसय भिक्षुहरुलाई साथमा लिएर सारिपुत्र त्यहाँ पुगे । तथागतलाई अभिबादन गरेर सारीपुत्रले निवेदन गरे कि अब मेरो अन्तिम समय धेरै समीप आइसकेको छ । के तथागत अब मलाई शरीर त्याग्ने अनुमती दिनुहुन्छ ? भगवान बुद्धले सारीपुत्रलाई सोध्नुभयो:-“के तिमीले आफ्नो परिनिर्वाणका लागी कुनै स्थान विशेष छानेको छौ ?” सारीपुत्रले जवाफ दिए:-“म मगधको नालक नामक गाउँमा जन्मिएको हुँ । जुन घरमा जन्मिएको थिए त्यो अहिले पनि छ । मैले त्यसै घरलाई छानेको छु ।” तथागतले भन्नुभयो:-“प्रीय सारीपुत्र ! जे राम्रो लाग्छ त्यो गर…
Read Moreपरित्राण पाठ के हो र यो किन गरिन्छ ?
बुद्धले आफ्ना अनुयायीलाई आशिर्वाद दिन र भयबाट रक्षा गर्न पाली भाषामा पाठ गर्नु भएको केही सुत्रहरुको पाठ परित्राण पाठ हो । परित्राण पाठ (सुत्र) बिश्व भरिका बौद्ध भिक्षुहरुले गर्ने एक सुपरिचित बौद्ध अभ्यास हो । यो अभ्यास विशेष गरि पाली भाषा प्रयोग गर्ने थेरवादी बुद्धिष्ट मुलुकहरूमा बढी प्रचलन छ । यो पाठ स्वयम् तथागत गौतम बुद्धले विभिन्न समय, विभिन्न अवस्थामा पाठ गर्नु भएको थियो । परित्राण पाठमा गरिने पाठ (सुत्रहरु मध्ये अधिकाश सुत्रहरु बुद्धका आधारभूत उपदेश (शिक्षाहरु) हरुबाट छानी–छानी लिइएको छ । यो परित्राण पाठ जन्म दिन, घरमा स्वस्थ शान्ति,…
Read More