भगवान बुद्धको पवित्र अस्थिधातु ललितपुर स्थित ज्याथामा रहेको श्री पद्म वर्ण महायान विहारलाइ हस्तान्तरण गरिएको छ । प्रदेश नं ३ का सांसद शोभा शाक्यलाइ वर्ल्ड एलायन्स अफ बुद्धिष्ट संस्थाबाट उपहार स्वरूप प्राप्त भएको उक्त पवित्र अस्थिधातु विहारलाइ हस्तान्तरण गरिएको हो । उक्त हस्तान्तरण कार्यक्रममा सांसद शाक्यबाट भगवान बुद्धको पवित्र अस्थिधातुलाइ अहिले समेत ३ पटक नेपालमा उपहार स्वरूप ल्याइसेको जानकारी दिइन् । सांसद शाक्यका अनुसार संसारका ४० वटा राष्ट्रमा बुद्ध धर्मावलम्बीहरूको संयुक्त संस्था वर्ल्ड एलायन्स अफ बुद्धिष्टबाट प्राप्त पवित्र अस्थिधातु सबैभन्दा पहिले ललितपुरस्थित सुमंगल विहारलाइ हस्तान्तरण गरिएको हो । विहारलाई वर्ल्ड…
Read MoreMonth: October 2019
गणेशकुमारीबाट यसरी बनिन् धम्मावती गुरुमा
भित्री काठमाडौंमा आमाहरूले हुर्केका छोराछोरीलाई सुनाउने कथाकी पात्र हुन्, धम्मावती गुरुमाँ । जुन बेला काठमाडौंमा थेरवादी बौद्ध धर्म राम्ररी स्थापित भइसकेको थिएन, धेरैका लागि नौलो थियो, त्यही बेला ललितपुरकी एक १४ वर्षीया बालिकाले तय गरेको अद्वितीय यात्राको कथा हो यो । सात दशकअघि धनाढ्य नेवार परिवारकी एक्ली छोरी गणेशकुमारी शाक्यले निर्णय गरेकी थिइन्, घर त्यागेर भिक्षुणी बन्ने । उनले ललितपुरको सुमंगल विहारमा बर्माबाट आएका भिक्षुबाट बौद्ध धर्मको प्रारम्भिक शिक्षा प्राप्त गरेकी थिइन् । थप अध्ययनका लागि बर्मा जानुपर्थ्यो । आमाबुबाबाट अनुमति नपाएपछि उनले निर्णय गरिन्, घरबाट भागेर बर्मा जाने । उनले २००६ सालमा तय गरेको त्यो…
Read Moreधनकुटाको हिलेमा बन्यो बुद्ध पार्क
धनुकुटा हिलेमा १६ लाख रुपैयाँ खर्च गरेर बुद्ध पार्क निर्माण गरिएको छ । हिलेको पर्यपटन प्रवद्र्धनका लागि बुद्धपार्क निर्माण गरिएको बताइएको छ । पार्क धनकुटा नगरपालिकाको ११ लाख र वडा नंवर १ को ५ लाख रुपैयाँमा निर्माण गरिएको हो । पार्क निर्माण भएपछि हिलेको आन्तरिक पर्यटनको प्रवद्र्धन भइरहेको स्थानीयको भनाई छ । धरान, धनकुटा लगायतका स्थानको भ्रमणमा पुग्ने पर्यटकको भ्रमणको सूचीमा बुद्धपार्क समेत पर्न थालेको छ ।
Read Moreस्वयम्भुमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार ४ करोडमा
विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ । भूकम्पका कारण ठूलो क्षति पुगेको उक्त सम्पदा जोखिममा परेपछि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले मन्दिरको जग तथा चारैतर्फको पर्खाल भत्काएर जीर्णोद्धारका साथै आवश्यक स्थानमा पुनःनिर्माणसमेत गरेको हो । स्वयम्भूको संरक्षण तथा व्यवस्थापनमा सक्रिय महासमितिका महासचिव महेन्द्ररत्न बज्राचार्यले स्वदेशी तथा विदेशी दातृ संस्थाबाट सङ्कलन गरेको आर्थिक स्रोतबाट खर्च गरिएको जानकारी दिए । बज्राचार्यका अनुसार तन्त्रको दीक्षा लिएका डकर्मी, सिकर्मीलगायत जनशक्तिबाट निर्माण गर्नुपर्ने उक्त सम्पदामा तान्त्रिक देवी भएकाले विशेष पूजा गरिनेछ । केही गोप्य कागजपत्र, तान्त्रिक…
Read Moreप्राचीन पोखरी पुननिर्माण गरी बीचमा बुद्धको मुर्ति राखियो
कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा रहेको प्राचीन ऐतिहासिक झ्याली पोखरी पुनर्निर्माण गरिएको छ । १५ लाख ४८ हजार सात सय रुपैयाँ खर्च गरेर मादी गाउँपालिकाले पोखरी पुनर्निर्माण गरेको हो । पोखरीको बीच भागमा शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति स्थापना गरेर चारैतिर तारबार लगाइएको छ । स्थानीयको साथ र सहयोगका कारण पुनर्निर्माणको काम चित्तबुझ्दो भएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले जानकारी दिए । उनले आगामी दिनमा पोखरीमा रङरोगन गर्ने, पोखरीको वरिपरि बाटो ढलान गर्ने, फूल रोप्ने, बत्ती जडान गर्नेलगायतका काम पनि गरिने जानकारी दिए । झ्याली पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य…
Read More“ॐ मणिपद्मे हूँ” अवलोकितेश्वरको मन्त्र भाग १
नेपाल बौद्ध महासंघको पाँचौ महाधिवेसन सम्पन्न, आचार्य नुर्बु शेर्पा अध्यक्ष
नेपाल बौद्ध महासंघको पाँचौ महाधिवेशन काठमाडौँमा सम्पन्न भएको छ । आइतबार भएको महाधिवेसनबाट आचार्य नुर्बु शेर्पा अध्यक्ष चुनिएका छन् । अध्यक्ष सहितको नयाँ कार्यसमितिमा उपाध्यक्षमा कमल भण्डारी र महासचिवमा कर्साङ लामा चुनिएका छन् । सबै पदहरुमा सर्वसम्मतिबाट चयन गरिएको हो ।
Read Moreरुपन्देहीको उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सम्पन्न (फोटो फिचर)
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित डिंगरनगरस्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सम्पन्न भएको छ । गत असोज १५ गतेदेखि सुरु भएको प्रवज्या आइतबार सम्पन्न भएको हो । प्रवज्यामा करिब ८० जना सहभागि भएको विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले बताए । प्रवज्याका सहभागिलाई विशेष कार्यक्रम गर्दै प्रमाणपत्र समेत प्रदान गरिएको थियो । १० दिने दुर्लभ प्रवज्यामा असोज १५ गतेदेखि २५ गतेसम्म श्रामणेर प्रवज्या, १६ गते उपसम्पदा भिक्षु दीक्षा लिने, ध्यानको अभ्यास, धर्म उपदेश श्रवण गर्ने, भिक्षाटान र शान्ति पदयात्रा लगायतका विविध गतिविधि गरिएको थियो । Photo…
Read Moreआज स्वयम्भू उत्पत्ति भएको दिन
आज आश्विन कोजाग्रत पूर्णिमा, यो दिनलाई बौद्ध धर्मावलम्वीले स्वयम्भू उत्पत्ति भएको दिन मान्दै आएका छन् । स्वयम्भू पुराण अनुसार उपत्यकामा पानी भरिएको समय विपस्वी बुद्ध यहाँ आई तीनपटक वरिपरिको पहाड घुमी नागार्जुनको डाँडोमा तपस्यामा बसेका थिए । विपस्वी बुद्धले वैशान पूर्णिमाका दिन कमलको बीउ दक्षिण फर्के मन्त्र उच्चारण गरी दहमा रोपेका थिए । उनले छरेको कमलको बीउ आश्विन पूर्णिमाका दिन उम्रेको र उक्त कमलको फूलमा पञ्चरश्मी सहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको धार्मिक विश्वास रहदै आएको छ । कमलको फूलबाट आफै उत्पत्ति भएको कारण यस महाचैत्यको नाम स्वयम्भू रहन गएको मानिन्छ…
Read Moreराष्ट्रपतिको सीको भ्रमणले बुद्ध जन्मस्थ्ल लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने विश्वास
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल भ्रमणमा आउनु एक दिनअघि दिनुभएको सन्देशमा नेपाल चिनियाँका लागि दक्षिण एशियाको प्रमुख गन्तव्य हुने उल्लेख गर्नुभएकाले पनि लुम्बिनीप्रति आकर्षण थपिएको हो । राष्ट्रपति सीले बुद्ध धर्मको प्रचारप्रसार, प्रवद्र्धनसँगै लुम्बिनीको विकासमा चिनियाँ भूमिकाका विषयमा दिनुभएको सन्देशबाट पनि चिनियाँको नेपालमा अब प्रमुख गन्तव्य लुम्बिनी बन्नसक्ने बलियो सम्भावना देख्न सकिन्छ । राष्ट्रपति सीको नेपाल भ्रमण सिङ्गो मुलुकसँगै बुद्ध जन्मस्थल लुम्बिनीका लागि थप महत्वपूर्ण हुने देखिएको छ । यसको प्रमुख कारण करीब १६ सय…
Read More