१५ लाख पर्यटक पुगे बुद्ध जन्मस्थल लुम्बिनी

मुलुकको प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्यामा डेढ प्रतिशतले वृद्धि भएको छ । लुम्बिनीमा सन् २०१९ मा १५ लाख ५८ हजार पर्यटक पुगेका छन् । यो आन्तरिक र बाह्य पर्यटकको संख्या हो । लुम्बिनी विकास कोषका अनुसार सन् २०१९ मा सन् २०१८ को भन्दा २४ हजार २ सय १६ जना मात्रै धेरै पर्यटक लुम्बिनी आएका छन् । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष शुरु गरे पनि आन्तरिक पर्यटकको संख्या नै कम वृद्धि भएको छ । लुम्बिनीमा अघिल्लो वर्षको तुलनामा नेपाली पर्यटकको संख्या ७ हजार ५ सयले मात्रै बढेको…

Read More

रामेछाप र काभ्रेमा ३ महिने बौद्ध धर्म शिक्षा शिविर हुँदै

तामाङ बौद्ध महासंघ नेपालको आयोजनामा पुस ८ र ९ गते रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा ३ महिने निःशूल्क बौद्ध धर्म शिक्षा प्रशिक्षण शिविर हुने भएको छ । शिविर ८ गते रामेछाप जिल्लाको सुनपति गाउँपालिकास्थित वार्ड नं ४, भ्वाँसाको सुनपति बौद्ध गुम्बा केन्द्रमा र ९ गते काभ्रेको चौरीदेउराली गाउँपालिका २ नाग्रे रजबास गुम्बामा हुने छ । शिविरमा बुद्ध धर्म, दर्शन, हाम्रो परम्परागत संस्कार तथा संस्कृति बारे श्रद्धेय धर्मगुरुहरुले प्रवचन दिने विशेष कार्यक्रम भएकाले दुवै जिल्लाका पायक पर्ने स्थानका धर्मावलम्वीहरुलाई उपस्थित हुन आयोजक तामाङ बौद्ध महासंघले आग्रह गरेको छ । कार्यक्रम हुने मिति र…

Read More

बुद्धको कपाल रहेको म्यान्माको प्यागोडामा नेपाल भ्रमण वर्षको प्रचार

म्यान्मा (बर्मा) को राजधानी याङ्गुनस्थित स्वेडागन प्यागोडामा बुधबार दीप प्रज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । स्वेडागन प्यागोडा बर्माको सबैभन्दा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक भ्रमण, ध्यान र पूजा अर्चनाका लागि पुग्छन् । म्यान्माका लागि नेपालका राजदूत भीमकृष्ण उदास र याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले संयुक्तरूपमा दीप प्रज्वलन गरेका थिए । सो अवसरमा नेपाली मूलका बर्मेलीहरू र नेपालबाट बर्मा आएर काम गरिरहेकाहरुको उपस्थिति थियो । भ्रमण वर्ष प्रचार कार्यक्रममा उपस्थित भएकाहरूलाई नेपाली दूतावासले ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखिएको टिसर्ट वितरण गरेको…

Read More

भ्रमण वर्ष : लुम्बिनीमा पर्यटकलाई स्वागत

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका दिन आज बुद्ध जन्मस्थल लुम्बिनीमा आएका पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोष तथा पर्यटन व्यवसायीले चाइना, भूटान तथा नेपालकै विभिन्न जिल्लाबाट आएका पर्यटकलाई लुम्बिनीमा स्वागत गरिएको हो । पर्यटकलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले पर्यटनका माध्यमबाट देशमा समृद्धि हासिल गर्न भ्रमण वर्ष शुभारम्भ गरिएका कारण यसलाई सफल बनाउन आवश्यक रहेको बताउनुभयो । “भ्रमण वर्ष शुभारम्भका दिन लुम्बिनी आउने पर्यटकलाई मायादेवी मन्दिरमा निःशुल्क प्रवेश दिइएको छ, पर्यटन प्रवद्र्धनका लागि वर्षभरि विभिन्न कार्यक्रम बनाएका छौँ”, उहाँले भन्नुभयो । पर्यटकलाई…

Read More

अमेरिकामा जनवरी ५ देखि बौद्ध दर्शन र ध्यान कक्षा हुँदै

शेर्पा किदुग अमेरिकाको आयोजनामा जनवरी ५ देखि बौद्ध दर्शन र ध्यान सम्बन्धी कक्षा सुरु हुने भएको छ । कक्षा १ महिनासम्म जारी रहने किदुगले जनाएको छ । नेपाली भाषामा गरिने कक्षाका लागि गत डिसेम्बर २२ मा विशेष छलफल गरिए पश्चात जनवरी ५ देखि कक्षा सञ्चालन गरिने निर्णय भएको हो । कक्षा अवधिभर विभिन्न अन्तरक्रिया तथा प्रयोगात्मक अभ्यास समेत हुने बताइएको छ । प्रत्येक आइतबार दिउँसो १ः३० देखि ३ः३० सम्म कक्षा सञ्चालन हुनेछ । बौद्ध दर्शन अध्ययन गरौं, अन्धबिश्वास र कुरीतिहरुलाई निर्मूल पारौं भन्ने उद्देश्यका साथ सञ्चालन हुन लागेको कक्षा शेर्वी…

Read More

डुवाङ कोन्छयोक नुर्बु रिन्पोछेको सम्झनामा १७ औ विश्व शान्ति माने पूजा सम्पन्न

काठमाडौँको नयाँपाटीस्थित ड्रिकुङ्ग काग्यू न्छिनलिंग गुम्बाले विगत १७ वर्षदेखि गर्दै आएको विश्व शान्ति माने पूजा मंगलबार सम्पन्न भएको छ । उक्त गुम्बाले गुरु डुवाङ कोन्छयोक नुर्बु रिन्पोछेको सम्झनामा बर्षेनी विश्व शान्ति माने पूजा गर्दै आइरहेको छ । यसपटकको पूजा पुस ६ गतेदेखि सुरु भएको हो । पूजा परमपुज्य धर्मगुरुद्वय डुवाङ नुपा कोन्छयोक तेन्जिन रिन्पोछे र तोग्देन रिन्पाछेको उपस्थितिमा सम्पन्न गरिएको हो । संसारमा सुखशान्ति फैलियोस् भन्ने कामना सहित बौद्ध धर्मावलम्वीले विश्व शान्ति पूजा गर्ने प्रचलन रहँदै आएको छ । १० दिने पूजाको पाँचौ दिनमा गुरु डुवाङ कोन्छयोक नुर्बु रिन्पोछे ज्यूको…

Read More

5th world Peace Worship is over

The fifth World Peace Worship was held on Monday by Nepal Buddhist Association. The Monks of  the Mahayana, Vajrayana and Theravids wished for world peace through the worship at  Braka Social Services Committee Gumba in Swayambhu, Kathmandu. The Monks have wished for world peace for the well-being, longevity and peace of all living beings. The Worship was performed in the chairmanship of His Eminence Chogyal Rinpoche. According to Sarbindra Thakur, chief of the NBA office, there were about six hundred monks and nuns have been participated in the Puja from…

Read More

विश्व शान्ति पूजा सम्पन्न, ६ सय भन्दा बढि धर्मगुरु सहभागि

नेपाल बौद्ध संघको आयोजनामा पाँचौ विश्व शान्ति पूजा सोमबार सम्पन्न भएको छ । काठमाडौँको स्वयम्भूस्थित ब्राका समाज सेवा समिति गुम्बामा भएको पूजामा बौद्ध धर्मका त्रियान अन्तर्गतका महायान, बज्रयान र थेरवादका धर्मगुरुहरु सहभागि भई पूजामार्फत विश्व शान्तिको कामना गरेका थिए । विश्व शान्ति पूजा बौद्ध धर्मावलम्वीले विश्व शान्तिको कामना गर्दै सम्पुर्ण प्राणीजगतको सुस्वास्थ्य, दीर्घायू र शान्तिको लागि गर्ने गरेका छन् । छोग्याल रिन्पोछेको प्रमुख आतिथ्यतामा सम्पन्न पूजामा १३ जिल्लाबाट करिब ६ सय ५० लामा, भन्ते तथा आनीहरु सहभागि भएको संघका कार्यालय प्रमुख सर्विन्द्र ठाकुरले बताए । तीनवटै सम्प्रदायका धर्मगुरु तथा आनीहरुले…

Read More

मञ्जुश्रीको मुर्तिले थपियो आकर्षक

कीर्तिपुर नगरपालिका–६ स्थित चोभारको मञ्जुश्री पार्क काठमाडौँ उपत्यकामा मानव बस्ती बस्दाको ऐतिहासिक कथनसँग सम्बन्धित सामग्रीले सजाउने क्रम जारी छ । काठमाडौँ उपत्यका पानीले भरिएको विशाल तालका रूपमा छँदा तिब्बतबाट मञ्जुश्री आई चोभारको डाँडो काटेर पानी बाहिर पठाएपछि यहाँ बस्ती बस्न सम्भव भएको कथनले चोभारको गल्छी प्रख्यात छ । पार्कको व्यवस्थापन गर्दै आएको जलविनायक वन उपभोक्ता समूहका अध्यक्ष दीपेन्द्र महर्जनका अनुसार वि.सं. २०६२ देखि सञ्चालनमा ल्याइएको पार्कमा पछिल्लोपटक करिब चार करोड रुपियाँको लागतमा मञ्जुश्रीको मूर्ति थप गरिएको छ । उपत्यकाबाट नजिक शान्त, शीतल प्राकृतिक पर्यावरणको सौन्दर्यले भरिपूर्ण सो स्थानलाई स्थानीय बासिन्दाले…

Read More

नेपाल बौद्ध संघको आयोजनामा पुस १४ गते विश्व शान्ति पूजा हुँदै

नेपाल बौद्ध संघको आयोजनामा पुस १४ गते विश्व शान्ति पूजा हुँदैछ । काठमाडौँको स्वयम्भूस्थित बर्का समाज सेवा समिति गुम्बामा हुने पूजामा बौद्ध धर्मका महायान, बज्रयान र थेरबाद तीन वटै सम्प्रदायका धर्मगुरु सहभागि भई विश्व शान्तिको कामना गर्ने संघले बताएको छ । १३ औँ अवतारी छोग्याल रिन्पोछेको अध्यक्षतामा हुने पूजामा विभिन्न १३ जिल्लाबाट करिब ६ सय ५० धर्मगुरु सहभागि संघका कार्यालय प्रमुख सर्विन्द्र ठाकुरले बताए । नेपाल बौद्ध संघले वर्षेनी विश्व शान्ति पूजाको आयोजना गर्दै आइरहेको छ । अहिले हुन लागेको पूजा संघले आयोजना गरेको पाँचौ विश्व शान्ति पूजा हो ।…

Read More