मुगुका अग्नि पीडितको सहयोगका लागि काठमाडौँको बौद्धमा गरिएको च्यारिटी कार्यक्रममा २ लाख ६३ हजार १ सय रुपैयाँ संकलन भएको छ । उक्त संकलित रकमले अग्निी पीडित ८० जनालाई ज्याकेट किनेर प्रदान गरिने च्यारिटी सोको आयोजक शेल फिल्म्सले जनाएको छ । शेल फिल्म्सले च्यारिटी सोमा भिक्षु भिक्षु सेल्नाङ ग्याम्जो तामाङ निर्देशित दुई फिल्म सुपर मंक र छ्यालो प्रदर्शन गरेको थियो । उत्पला क्याफेमा भएको च्यारिटी सोमा उल्लेख्य दर्शक सहभागि भएका थिए । संकलित रकमबाट ज्याकेट बनाएर डिसेम्बर अन्तिमसम्ममा अग्नि पीडितसम्म लैजाने योजना आयोजकको रहेको छ । दुखमा परेकाहरुलाई सहयोग गर्न अरुले…
Read MoreCategory: Featured
भत्किएको १८८ वर्षपछि ठडियो काँक्रेबिहार मन्दिर
सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको काँक्रेबिहार मन्दिर पुरानै संरचनामा तयार भएको छ। शिखर शैलीको उक्त मन्दिरलाई पुरातत्व विभागले ठेक्का दिएर पुरानै संरचनामा तयार पारेको हो। यो मन्दिर विक्रम सम्बत् १८९० सालको भुइँचालोले भत्काएको थियो। काँक्रेबिहार मन्दिर भत्किएको १८८ वर्षपछि ठडिएको हो। अहिले यो मन्दिरलाई २१.५ मिटर उचाइको बनाइएको छ। झण्डै २ सय वर्षसम्म भग्नावशेषको रूपमा रहेको यो मन्दिरबारे काठमाडौंका प्रेमसिंह बस्न्यातले विद्यावारिधि शोधपत्र गरेका थिए। १८९० को भूकम्पले काँक्रेबिहार मन्दिर भत्किएको उल्लेख गरेका थिए। त्यतिमात्र होइन यो मन्दिर शिखर शैलीमा बनेको भन्ने पनि उनको शोधपत्रमा उल्लेख थियो। बस्न्यातले काँक्रेबिहार…
Read Moreमुगुका अग्नी पीडितलाई सहयोग गर्न च्यारिटी सो गर्दै भिक्षु सेल्नाङ
मुगुमा आगलागीमा परेका २० घरका परिवारलाई चिसोबाट राहत दिने उद्देश्यले भिक्षु सेल्नाङ ग्याम्जो तामाङले काठमाडौँमा च्यारिटी सो गर्ने भएका छन् । २० घरका करिब ८० जनालाई ज्याकेट सहयोग गर्नका लागि भिक्षु सेल्नाङले यही डिसेम्बर १८ अर्थात् पुस ३ गते शनिवार बौद्धको उत्पला क्याफेमा आफ्ना दुई फिल्म प्रदर्शन गदैछन् । भिक्षु सेल्नाङ निर्देशित यी दुई फिल्म अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा समेत प्रदर्शन भइसकेका फिल्म हुन् । पालमुनि बसिरहेका उनीहरुलाई बढ्दै गरेको चिसोका कारण न्यानो कपडाको आवश्यकता देखेपछि उनले आफ्ना दुई फिल्मको च्यारिटी सो गर्दै ज्याकेट किन्ने रकम जुटाउन लागेका हुन् । भिक्षु…
Read Moreगुरु रिन्पोछे जन्मदिन विशेषः १२ महिनाका दशमी तिथिका १२ लिला यस्ता छन्
चन्द्रमास पात्रो अनुसार हिमाली बौद्ध परम्पराका अनुयायीले आजको दिनलाई गुरु रिन्पोछेको जन्मदिनको रुपमा मनाएका छन् । धार्मिक मान्यता अनुसार गुरु रिन्पोछे सर्वसाधारण मानिसजस्तो गर्भबाट जन्मिएका थिएननन् । गुरु रिन्पोछे कमलको फूलबाट उत्पन्न भएका हुन् । गुरु रिन्पोछेको जीवन अनुसार प्राचीनकालमा सिन्दुरको महासागरको तलाउमा कमलको केशर अर्थात कमलको फूलबाट उनको उत्पत्ति भएको हो । गुरु रिन्पोछेका जीवनका १२ महिनाका १२ लिला प्रख्यात रहेका छन् । वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव अर्थात गुरु रिन्पोछे हालको भारतको ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन कमलको फूलमा जन्मिनुभएको…
Read Moreनेपालबाट चोरी भएको ६ सय वर्ष पुरानो बुद्ध मूर्ति अमेरिकामा फेला
झण्डै ४० वर्ष पहिले नेपालबाट चोरी भएको भगवान बुद्धको मूर्ति अमेरिकाको एक गैरसकारी कला–संस्कृतिसम्बन्धी संग्रहमा फेला परेको छ । कम्तीमा ६ सय वर्ष पुरानो (१३–१५ औँ शताब्दीको) भगवान बुद्धको ढुंगाको मूर्ति अमेरिकाको न्यूयोर्कमा रहेको तिब्बत हाउसको संग्रहमा फेला परेको हो। नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले मंगलबार जारी गरेको सूचनामा काठमाडौँको ओमबहालस्थित न्हूःछेँबहाबाट सन् १९८० को दशकमा चोरी भएको बुद्ध अक्षोभ्यको मूर्ति तिब्बत ग्यालरीमा पहिचान भएको हो। हाल तिब्बत हाउस युएसमा रहेको बुद्धको मूर्ति । तस्बिर ः लस्ट आर्टस्…
Read Moreबौद्ध क्षेत्रमा बढ्यो विदेशी पर्यटकको चहलपहल
विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको बौद्धनाथ क्षेत्रमा विदेशी पर्यटकको चहलपहल देखिन थालेको छ । गत असोज १९ गतेदेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र खुला गरिएको थियो । नेपालमा कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि विसं २०७६ चैत पहिलो सातादेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो । कोरोना महामारीबाट बच्न बन्दाबन्दी एवं निषेधाज्ञा जारी गरिएका बेला भने स्वदेशी भक्तजनका लागि पनि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो । बन्दाबन्दीका बेला बौद्ध घ्याङ गुठीमा नित्य पूजा आराधना बाहेकका सबै गतिविधिमा रोक लगाइएको थियो । विदेशी पर्यटकका लागि सम्पदा…
Read Moreकारागारका कैदीलाई बौद्ध धर्मदेशना
बौद्ध शिक्षा तथा सामाजिक बिकास केन्द्र नेपालको आयोजनामा कारागारमा कैदी जीवन विताइरहेकाहरुलाई दिइदै आएको बौद्ध धर्म देशना कार्यक्रम पुनः सुरु भएको छ । कोरोना संक्रमण फैलिएसँगै बन्द भएको करिब डेढ वर्षपछि उक्त धर्मदेशना गएको शनिवारदेखि फेरि सुरु भएको हो । अहिले देशभर कोरोना संक्रमितको संख्यामा कमी आएपछि सरकारले लकडाउनका समयमा गरेका बन्देजहरु खुला भएपछि केन्द्रले शनिवारदेखि सुरु गरेको हो । धर्मदेशनाका क्रममा केन्द्रिय कारागारमा श्रद्धेय लामा गुरु आचार्य कर्मा संग्बो शेर्पा हुनु हुन्थ्यो भने कार्यक्रममा स्वागत मन्तव्य बिद्या सागर तुलाधर, धन्यबाद ज्ञापन राजेन्द्र थापा मगर र विजय रत्न तुलाधरले दिनु…
Read Moreमिग्युर रिन्पोछेको बेस्ट सेलर द जोय अफ लिभिङको नेपाली अनुवाद सार्वजनिक
बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेद्वारा अङ्ग्रेजी भाषामा लिखित पुस्तक ’द जोय अफ लिभिङ’को नेपाली अनुवाद ’जिउनुको मज्जा’ लोकार्पण भएको छ । पुस्तकलाई डा. सरोज धितालले अनुवाद गरेका हुन् । ’ह्याप्पी म्यान अफ द वर्ल्ड’को रूपमा समेत चिनिनु भएका रिम्पोछेको सो पुस्तक न्युरोसर्जन डा. वसन्त पन्त, गायिका आनी छोइङ डोल्मा, अनुवादक डा. सरोज धिताल र लेखक रिम्पोछेले संयुक्तरूपमा लोकार्पण गरेका हुन् । ’आध्यात्मिक गुरुको यो पुस्तकले विज्ञानतिर फर्केर ज्ञानको मार्गमा लाग्न हरेक व्यक्तिलाई प्रेरित गर्छ,’ पन्तले पुस्तकबारे भने, ’जीवन बुझ्नलाई मृत्युबारे चिन्तन गर्नुपर्ने र त्यसलाई पनि उत्सवका रूपमा…
Read Moreबौद्ध दर्शन र बुद्धका उपदेशलाई पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवन उद्घाटन समारोहलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै उनले २६ सय वर्षदेखि एसिया महाद्वीपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरि फैलिइरहेको र विश्वका प्रतिष्ठित विश्वविद्यालयले बौद्ध दर्शनलाई आफ्नो प्राज्ञिक कार्यक्रमका रूपमा समावेश गर्दै गएको उल्लेख गरिन्। बुद्धकालीन ज्ञान र शिक्षालाई वर्तमान सन्दर्भसँग जोडेर शिक्षा प्रणाली, पाठ्यक्रम र पठनपाठनका क्षेत्रमा अवलम्बन गर्न सके लुम्बिनी विश्वविद्यालयको बहुआयामिकता थप अभिवृद्धि हुने उनको…
Read Moreलुम्बिनी बौद्ध विश्वविद्यालयमा त्रियान प्रज्ञा सम्मेलन हुने
लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्ने भएको छ । १७ औं विश्वविद्यालय दिवसको अवसरमा बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका तीन बाटोहरुको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजान सकिन्छ भन्ने विषयमा सम्मेलन गर्न लागिएको जानकारी दिए । त्रियान प्रज्ञा सम्मेलनमा थेरवाद, महायान र बज्रयानको संस्कृति र सृमद्धि विषयमा ६ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत आउने जनाइएको छ । राष्ट्रपतिले केन्द्रीय पुस्तकालयको…
Read More