बौद्ध धर्ममा पञ्चशीलको अत्यन्तै ठूलो महत्व रहेको छ । यो बुद्ध धर्मको आधारभूत पाँच शीलहरुको संग्रह हो । अंगुत्तर निकायको अट्ठकादिनिपातमा रहेको दुच्चरितविपाकसुत्तमा पञ्चशीलको वर्णन गरिएको छ । अंगुत्तरनिकायमा दशकनिपातको जाणुस्सोणिवग्गोमा पनि पञ्चशीलको भाव पाइन्छ । सुत्तपिटकको खुद्दकनिकायको खुद्दकपाठमा दशसिक्खापदं भनिएको १० वटा शीलमध्ये पहिलो पाँच पञ्चशीलका शील हुन् । पञ्चशील बुद्ध धर्ममा प्रवेश गर्ने मूलद्वार हो । यस अनुसार बुद्धको मार्गमा हिड्नका लागि प्राणी हिंसा नगर्ने, रक्सी वा मद्यपान नगर्ने, चोरी नगर्ने वा नदिएको नलिने, झुठो कुरा नबोल्ने र आफ्नो पति र पत्नी बाहेक अरुसंग व्यभिचार नगर्ने (भिक्षुहरुले चाहिं…
Read MoreAuthor: rinpoche
कुम्भघोषकको कथा
✍️ संजय शाक्य भगवान् बुद्धको समयमा राजगृह नगरमा र राजगृह श्रेष्ठीको घरमा अहितवातक रोग लाग्यो। यो रोग लाग्दा अन्य प्रणीदिखि लिएर मानिसहरु समेत मर्छन्। घरको भित्ता फोडेर जानेको ज्यान बच्छ। यो रोग राजगृह श्रेष्ठीलाई पनि लाग्यो। उनका छोरा अगाडि बसिरहेका थिए। श्रेष्ठीले छोरालाई भने,” बाबु, यो रोग लाग्दा घरको भित्ता फोडेर जो निस्कन्छ,उसको ज्यान बच्छ। अत: हामीहरुको वास्ता नगरी भित्ता फोडेर निस्की आफ्नो ज्यान बचाऊ। पछि आएर फलाना ठाउँमा गाडिराखेको ४० कोटी धन लिई आफ्नो जीविका गर।” उनी त्यसै गरी पहाडतिर गएर बसे। १२ बर्षपछि उनी राजगृह नगरमा फर्केर आई…
Read Moreबुद्धवचनको तेस्रो वार्षिकोत्स मनाइयो, ग्याल्वो ल्होसारमा अष्ट श्राहस्रिका पारमिता सार्वजनिक गरिने
भोट भाषामा रहेको प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गरिरहेको बुद्ध वचन अनुवाद समिति स्थापनाको तेस्रो वर्ष पुरा भएको छ । आइतबार बौद्धमा एक कार्यक्रम गरी अनुवाद समितिको तेस्रो वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सव कार्यक्रममा बुद्धवचन अनुवाद समितिमा आवद्ध रिन्पोछे, खेन्पो, लामाहरु सहित उपासक उपासिका सहभागि भएका थिए । वार्षिकोत्सव कार्यक्रममै समितिका संयोजक टीका शेर्पाले प्रज्ञा पारमिता अनुवादको काम करिब ८० प्रतिशत सम्पन्न भएको जानकारी दिए । यही आउँदो ग्याल्वो ल्होसारको अवसर पारेर प्रज्ञा पारमितामध्ये अष्ट श्राहस्रिका प्रज्ञा पारमिता सार्वजनिक गरिने पनि उनले बताए ।
Read Moreचित्तानुप्पश्यना भावना गर्ने विधि
यथाभूत खेमिन्द योगीहरूलाई देखेर जानेको मनले “(एहि)आउनु होस्,(पस्सति) भावना गर्नु होस् भनेर भनिरहेको छ। गन्ध जानेको मनले पनि “(एहि)आउनु होस,(पस्सति) भावना गर्नु होस् भनेर भनिरहेको छ । रस पाएको मनले पनि (एहि)आउनु होस्,(पस्सति) भावना गर्नु होस भनेर भनिरहेको छ।(फोट्टब्ब )छुइने, ठोकीने सपर्सले पनि (एहि)आउनुहोस्,(पस्सति) भावना गर्नुहोस् भनेर भनिरहेको छ।धम्म आरमणले भन्ने सोचाइ मनले पनि(एहि)आउनु होस्,(पस्सति) भावना गर्नुहोस् भनेर भनिरहेको छ। देखेको मनलाई तिमीमा के सत्य छ भनी प्रश्न गर्ने भने देखेको मनले उत्तर दिन्छ। ममा दुःख सत्य छ। सुनेको मनलाई तिमीमा के सत्य छ भनि प्रश्न गर्ने भने सुनेको मनले…
Read Moreहेलम्बु क्षेत्रमा भूकम्पले क्षति पुर्याएको गुम्बाहरुको अवस्था बुझ्दै छोग्याल रिन्पोछे
भूकम्पले क्षति पुगेका सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रका गुम्बाहरुको अवलोकनमा नेपाल बौद्ध संघमार्फत् छोग्याल रिन्पोछे सहितको टोली त्यस क्षेत्र पुगेर आएको छ । अनुगमन र निरीक्षणका क्रममा हेलम्बु गाउँपालिकाको वार्ड १ र ५ मा रहेका ५ वटा गुम्बको अनुगमन गरिएको नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामाले जानकारी दिए । बाँकी गुम्बाहरुको निरीक्षण चाँडै गरिने लामाले बताए । हेलम्बु क्षेत्रमा रहेका विभिन्न गुम्बाहरुमध्ये ३९ वटा गुम्बाको अवस्था भूकम्पले क्षति पुर्याएपछि अहिलेसम्म उस्तै रहेको पाइएको छ । सरकारी तथा विभिन्न निकायहरुबाट सहयोग पाएका बाहेक यहाँ रहेका गुम्बाहरु अहिले पनि जिर्ण अवस्थामै रहेको…
Read Moreनेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोकका गुम्बाहरुमा ३ महिने बौद्ध प्रशिक्षण शिविर सुरु
नेपाल बौद्ध संघको आयोजनामा सिन्धुपाल्चोकका विभिन्न गुम्बामा ३ महिने बौद्ध धर्म प्रशिक्षण सुरु भएको छ । जसमध्ये बारबिसे नगरपालिका वार्ड नं ७ मा रहेको काग्यु दार्शलिंग गुम्बामा यही पुस ५ गतेदेखि ३ महिने शिविर सुरु भएको हो । ७७ जना स्थानीय विद्यार्थी सहभागि उक्त शिविरमा बौद्ध ज्ञान सम्बन्धी विविध ज्ञानहरु प्रदान गरि राखिएको नेपाल बौद्ध संघका कार्यक्रम संयोजक काइला लामाले बताए । बौद्ध ज्ञान दर्शन, बुद्धको जीवनी, गुरु रिन्पोछेको जीवनी तथा मन्त्रको ज्ञान, मेलारेपाको ज्ञान लगायतका विषयको बारेमा शिविरमा सहभागि विद्यार्थीलाई अध्यापन गरिने कार्यक्रम संयोजक काइला लामाले बताए ।…
Read Moreअवतारीको पूनर्जन्म व्यवस्थापनको उद्गमस्थल—कुर्बु गुम्बा
कुर्बु गुम्बा ल्हासा शहरबाट पश्चिमतिर ६० किलोमिटर टाढा त्वी लुङ्ग द छिङ्ग जिल्लाको कु रुङ्ग क्षेत्रअन्तर्गत छु बु कौमा पर्दछ । तिब्बती बुद्ध धर्मअन्तर्गत खामागेग्यु सम्प्रदायका संस्थापक डुस्गसुम्मखयेन पाद्बारा सन् ११८९ मा स्थापित उक्त गुम्बा गेग्यु सम्प्रदाय अन्तर्गत है माउ शाखाको मुख्य गुम्बा हो । उक्त गुम्बा तिब्बती बुद्ध धर्ममा अवतारीको पूनर्जन्म व्यवस्थापनको उद्गमस्थल मानिन्छ । दोस्रो पुस्ताका अवतारी खा मा पा तिब्बती बुद्ध धर्मका पहिलो पूनर्जन्म अवतारी हुन् । कुर्बु गुम्बामा प्रशस्तै सम्पदा छन् । अधिकांसको राम्रोसँग संरक्षण गरिएको छ । उदाहरणका लागि, कुर्बु गुम्बाको मुख्य भवन बाहिर लगभग…
Read Moreबौद्ध धर्मावलम्वीले माला जप्नुको अर्थ
लामा सांगे लेग्देन भूपेन बुद्ध धर्मको त्री शिक्षा अन्तरगत विनय पिटकको शील तथा शरणगमनै (मोक्ष) निर्वाण प्राप्तिको पहिलो पाईला हो । यो अति महत्वपूर्ण अमुल्य शिक्षाको सबैले घरायसी अभिभारा सामाजिक दायित्व व्यस्तता आदि कारणले, बुद्ध शिक्षा हुबहु अनुसरण गर्न सक्दैनन् । जसले बुद्ध शिक्षालाई हुबहु अनुशरण गर्न सक्दैनन् तिनीहरुका लागि बुद्धको उत्कृष्ट शिष्य अर्हत बोधिसत्वहरुले प्राणी प्रत्येकको इन्द्रिय क्षमता अनुसार शील हुँदै ध्यान प्रज्ञामा निर्वाण प्राप्तिको अनेक उपायहरु सिकाउनु भएको छ । जसअनुसार माला जप्नु पनि एक उपाय हो । माला जपमा व्यस्त हुनाले शीलको नम्रता अन्तरगत अप्रिय बचन व्यर्थको…
Read Moreबुद्धको यो अत्यन्तै प्रभावशाली उपदेश र शिक्षा
एक दिन गौतम बुद्धको शरणमा एउटा युवक अति नै दुःखी हुँदै आएछ। अनि बुद्धले सोध्नुभएछ, “के भयो?” त्यस युवकले भने, “हजुर, हिजो मेरा पिताको मृत्यु भयो। त्यसैले आज हजुरसँग एउटा अनुरोध गर्न आएको। जब कुनै साधारण पुजारीले अन्तिम संस्कार गर्दछ, तब आत्मा स्वर्गमा पुग्ने मौका पाउँदछ। हजुर त महान् हुनुहुन्छ, हजुरजस्तोले मेरा पिताको संस्कार गरिदिनुभयो भने, उहाँले स्वर्गमा पुग्ने मौका मात्र होइन सायद स्वर्गमै सदा बस्ने मौका पाउनुहुन्छ होला। त्यसैले प्रभु! बिन्ती छ, मेरा पिताको लागि यत्ति गरिदिनुहोस्।” ऊ अति नै दुःखी अवस्थामा थिए, अति भावुक भएका थिए। बुद्धलाई थाहा…
Read Moreगोन्पा शिक्षाको ऐतिहासिक पृष्ठभूमि र विकास क्रम
आज भन्दा २५५७ औं वर्ष पूर्व नेपालको लुम्बिनी उद्यायनमा शाक्य कुलका राजा शुद्धोधन तथा रानी महा मायादेवीको सुपुत्रको रुपमा जन्म लिनु भएका राजकुमार सिद्धार्थले २९ वर्षको उमेरमा यस संसारिक दुःखबाट पीडित प्राणीहरुको उद्घारको लागि आफ्नो परिवार सहित वैभवशाली राजदरवारलाई त्यागेर ज्ञानको खोजिमा निस्कनु भयो । तत्कालिन ख्यातिप्राप्त गुरुहरु कहाँ जानुभई विभिन्न प्रकारका शिक्षाहरु हासिल गर्नु भएता पनि यथार्थ ज्ञान प्राप्त नभए पछि ती सबै गुरुहरुबाट विदा भई ६ वर्षसम्मा साधना गर्दै अन्तमा नैरञ्जना नदीको किनारमा बोधिवृक्षको मुनि पूर्वाभिमुक आसनमा बस्नुभई सम्यक् सम्बोधि प्राप्त नभएसम्मा आफु त्यस स्थानबाट नउठने दृढसंकल्प गरेपछि वैशाख…
Read More