बौद्ध शेर्पा गुम्बामा भदौ २१ देखि २३ सम्म विशेष कार्यक्रम र बज्रकिलाय पूजा हुने

बौद्ध शेर्पा गुम्बामा भदौ २१ देखि २३ सम्म विशेष कार्यक्रम, बज्रकिलाय पूजा पनि हुने काठमाडौँको बौद्धस्थित शेर्पा गुम्बामा भदौ २१ र २२ गते अमिताभ बुद्ध र २३ गते बज्रकिलायको पूजा गरिदैछ । रानाग छोक्तुल रिन्पोचे (डोल्पो बुद्ध)को उपस्थितिमा हुने विशेष धार्मिक अनुष्ठानको उद्देश्य दिवङ्गत आत्माको मुक्तिको लागि प्रार्थना गर्नुका साथै जीवित प्राणीहरूलाई दुःखबाट मुक्ति दिलाउन, आध्यात्मिक अभ्यासलाई सबल बनाउन र सकारात्मक ऊर्जाको प्रवाह बढाउनु हो ।

यो कार्यक्रमको आयोजक डोल्पाको याङ्शेर गुम्बा हो । यसै क्रममा यो कार्यक्रममा बुद्धको अनन्त प्रकाशको मण्डल खोल्ने पूजा र विभिन्न देवलोकका देवता तथा नागराजहरूको शक्तिलाई आह्वान गर्दै सामूहिक शान्ति, समृद्धि र दीर्घायुको कामना गरिनेछ ।

Share

Related posts

3 Thoughts to “बौद्ध शेर्पा गुम्बामा भदौ २१ देखि २३ सम्म विशेष कार्यक्रम र बज्रकिलाय पूजा हुने”

Leave a Comment