भक्तपुरको चाँगुनारायण नगरपालिका वार्ड नं स्थित न्वागल टोलमा सद्धम्मजोति बुद्ध विहार भूमी शुद्धिकरण तथा विहारका लागि जग्गा दान गरिएको छ । शनिवार भिक्षु संघबाट सिमा समूह कम्मवाचा कार्य अर्थात् भूमि शुद्धिकरण गरिएको हो । कार्यक्रममा पञ्चशील प्रार्थना, परित्राण पाठ र धर्मदेशना पनि गरिएको थियो । कार्यक्रममा बर्माबाट आउनुभएका भिक्षुहरु पनि सहभागि हुनुहुन्थ्यो ।

विहार निर्माणको काम भिक्षु तिस्स स्थविरको नेतृत्वमा भइरहेको छ । विहारका लागि आवश्यक जग्गा स्थानीय भरतबहादुर घलेले प्रदान गर्नु भएको हो । ५ तलाको डिजाइन रहेको विहारमा धर्मदेशना हल, ध्यान केन्द्र लगायत निर्माण गरिने छ । विहार निर्माण धर्मावलम्वीहरुको आर्थिक सहयोगबाट गर्न लागिएको हो ।

चाँगुनारायणमा बुद्ध विहार शिलान्यास

