काठमाडौँको चावहिलमा रहेको चारुमती बौद्ध स्तुप परिसरमा नेपाली सेनाको एक समूहले सोमबार विहान सरसफाई गरेको छ । सांस्कृतिक सम्पदाको संरक्षणमा सेनाले महत्व दिन्छ भन्ने सन्देश दिन सरसफाईमा संलग्न भएको सेनाको भनाई छ ।
सिंहदरबारस्थित सेनाको गणबाट २० जनाको समूह आई स्तुप परिसर वरिपरि सरसफाई तथा स्तुपको अवस्थाको बारेमा जानकारी लिएको चारुमती बौद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिए । स्तुपमा यही माघ २५ र २६ गते भ्रमण वर्ष लक्षित साइकल रेस, त्रिपिटक वाचन लगायतका कार्यक्रम आयोजना हुँदैछ ।