राष्ट्रिय जनगणना २०७८ को धर्म सम्बन्धी तथ्यांक सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको तथ्यांक अनुसार नेपालमा बौद्ध धर्म मान्नेहरुको जनसंख्या दोस्रो स्थानमा रहेको छ । नेपालमा पछिल्लो जनगणना अनुसार बौद्ध धर्मावलम्बीको संख्या २३ लाख ९३ हजार ५४९ रहेको छ । जुन कुल जनसंख्याको ८.२ प्रतिशत हुन्छ । वि.सं २०६८ मा बौद्ध धर्मावलम्बीको संख्या ९ प्रतिशत थियो । २०७८ को जनगणनामा ०.८ प्रतिशत बौद्ध धर्मावलम्वीको जनसंख्या घटेको छ ।
धर्म परिवर्तन र विदेश पलायन भएका कारण पनि बौद्ध धर्मावलम्वीको केही प्रतिशत घटेको हो । जनसंख्याका हिसावले पहिलो स्थानमा रहेका हिन्दु धर्मावलम्वीको संख्या ८१.१९ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ । शुक्रबार केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ को विवरण अनुसार नेपालमा हिन्दु धर्मावलम्बीको संख्या दुई करोड ३६ लाख ७७ हजार ७४४ रहेको छ ।