ल्होसारमा झुमे ताप्लेजुङबासी

नयाँ वर्ष २१५० “छु मो ये लो” ग्याल्पो ल्होसारको अवसरमा ताप्लेजुङबासीले काठमाडाँैमा विशेष कार्यक्रम गरेका छन् । शनिवार तीनचुलीस्थित बौद्ध गार्डेनमा आयोजित कार्यक्रममा बौद्ध धर्मगुरु सहित काठमाडौँमा बसोबास गरिरहेका ताप्लेजुङबासी सहभागि थिए । विहान ९ः३० बजेदेखि नै सुरु भएको कार्यक्रममा जिल्लाबासीको उल्लेख्य सहभागिता थियो ।

धर्मगुरुहरुले कार्यक्रममा बौद्ध धर्म र ल्होसारको बारेमा प्रवचन दिएका थिए । पूजापाठ गर्दै सुरु भएको कार्यक्रममा विविध सांस्कृतिक झाँकीसहित शेर्पा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । ल्होसार कार्यक्रमको आयोजक ताप्लेजुङ बुमकुलुङ शेर्पा किदुग फाउण्डेसन रहेको थियो ।

Share

Related posts

Leave a Comment