आज मिति २०७९÷११÷२५ गते बिहीबारको दिनमा नेपाल बौद्ध संघको आयोजनामा थाहा नगर पालिका वडा नम्बर २ पालुङ, मकवानपुरमा झ्याङ्छ्युब फुन्छोग छ्योलिङ गुम्बामा बौद्ध शिक्षा शिविर कार्यक्रम शुभारम्भ भएको छ । गुम्बाका अध्यक्ष हर्कबहादुर तामाङको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल बौद्ध संघको प्रतिनिधि खेन्पो लामा छुल्ठिम रहनु भएको थियो । प्रमुख अतिथि खेन्पो लामा छुल्ठिमले बौद्ध शिक्षाको प्रवचन दिनु भएको थियो ।
कार्यक्रम सम्योजक काईला लामाले स्थानीयहरुलाई विपश्यना ध्यानको परिचय, महत्व र आना÷पाना ध्यानको अभ्यास गराउनु भएको थियो ।
Share