धर्मगुरु खेन रिन्पोचेद्वारा मोन्लम डोन्डो गुरुयोग पाठको लुङ आगम् प्रदान

माघ २८ गते शनिवार श्रद्धेय धर्मगुरु खेन रिन्पोछे साङ्गे राङ्जुङज्युको मुखारविन्दबाट दैनिक मोन्लम ङोन्डो गुरुयोग पाठको लुङ आगम् प्रदान गरिएको छ । लुङ आगम् प्रदान गर्ने कार्यक्रममा उल्लेख्य धर्मावलम्वीको सहभागिता रहेको थियो ।

लुङ आगम् प्रदान कार्यक्रम विहान ११ः१५ बजे थोईसम गोङफेल्लिङ बौद्ध र दिउँसो १ बजे बौद्ध दर्शन केन्द्र भक्तपुर, सूर्यविनायकमा भएको थियो ।

Share

Related posts