नेपालकै महत्वपुर्ण बौद्ध सम्पदाः हिरण्यवर्ण महाविहार

नेपालका प्राचीन बौद्ध विहारमध्ये हिरण्यवर्ण महाविहार अर्थात् ‘गोल्डेन टेम्पल’ पनि एक महत्वपुर्ण बौद्ध सम्पदा हो । १२ औँ शताव्दिमा यो महाविहार तत्कालिन राजा भाष्करदेव बर्माले निर्माण गर्न लगाएको अभिलेख पाइन्छ । धार्मिक, सांस्कृति तथा ऐतिहासिक महत्व बोकेको यो महाविहार लतिलपुरको प्रमुख पर्यटकीय स्तल पनि हो ।

यो महाविहार ललितपुरको क्वाबहालमा अवस्थित छ । प्यागोडा शैलीमा निर्मित लोकेश्वर अर्थात् गौतम बुद्धको स्वर्ण जडित महाविहार स्वर्ण जडित भएकै कारण यसको नाम गोल्डेन टेम्पल रहन गएको हो । तिनतल्ले हिरण्यवर्ण महाविहारलाई नेवारीमा क्वाःबहाः भनिन्छ ।

यस महाबिहारमा भगवान गणेशको बाहन मानिने मुसालाई दिनहुँ खाना खुवाउने चलन छ । सयौंको संख्यामा मुसाका लागि कम्तीमा १० स्थानमा खानेकुरा राख्ने परम्परा रहेको बताइन्छ ।

कुनैपनि दिन ती मुसालाई खाना खुवाउन छुटेको खण्डमा यहाँका बाफाचा अर्थात् पूजारी लाई सञ्चो नहुनुका साथै मन्दिरको कुनै न कुनै वस्तु हराउँछ भन्ने मान्यता रहिआएको छ ।

यस मन्दिरमा रहेको मुसाहरु मन्दिरभित्र कहिल्यै नमर्ने र मर्नुपरेमा बाहिर देखिने ठाउँमा आइपुग्ने गरेको बताइन्छ ।

ईस्वी सम्वत् १०४५ देखि १०४८ सम्म निर्माण भएको यस विहारलाई ‘हेमवर्ण महाविहार’ भनेर पनि शिलालेख, ताम्रपत्र, वंशावली र पुष्पिकाहरुमा उल्लेख गरेको पाइएको छ ।

प्रचलित किम्बदन्ती अनुसार, राजा भाष्करदेवलाई सपनामा देवताले मुसाले विरालोलाई लछारपछार गरेको जहाँ देख्छौ, त्यहि मेरो मूर्ति स्थापना गर्नु भनेकोले यस स्थानमा गरिएका मुर्ति स्थापना गरेको बताइन्छ । राजाले हालको क्वालखु टोलमा मुसाले विरालोलाई लखेटिरहेको अनौठो दृष्य देखेपछि नेपाल सम्वत १६५÷६७ तिर संस्कारित हिरण्यवर्ण महाविहार निर्माण गरिएको मानिँदै आएको छ ।

लामो समयदेखि चर्चामा रहेको यस स्थान हेर्न आउने अधिकांश पर्यटकले मन्दिरभित्रको शाक्यमुनी बुद्धको मूर्ति, मुसाको कथा र ऐतिहासिक कलाकृतिको अवलोकन गर्ने गरेको बताइन्छ । कपिलबस्तुबाट आएका शाक्यले यस भेगमा वस्ती बसाएको ऐतिहासिक किम्बदन्ती छ ।

Share

Related posts