बसन्त महर्जन
भूकम्पले क्षतिग्रस्त प्राचीन नेवार वस्ती साँखुलाई तलै छाडेर हामी चढेको गाडी उत्तरतिर हुुइँकिएको केही बेरमा नै उकालो सुरु भयो । हामी मणिचुड दहलाई गन्तव्य बनाएर हिडेका थियौं । बाटोको दायाँ बज्रंयोगिणी मन्दिरको ढोकैमा पुुग्दा पनि गाडीअगाडि बढेको पारा हेर्दा लाग्दथ्यो, हिड्नै नपर्ने गरी मणिचुड दहसम्मै पु¥यादिन्छ । बज्रयोगिनी हामीमध्ये कसैका लागि पनि नौलो थिएन र फर्केर आउँदा मन्दिरमा पस्ने योजना त थियो नै ।
प्रसिद्ध बौद्ध तीर्थस्थल मणिचुड दहसम्मको यो यात्रा मेरो दोस्रो हो । त्यहाँसम्म पुग्ने मोटर बाटो पहिला त थिएन, अब बन्यो कि ? आजभोलि हिड्ने बाटो मास्ने र मोटर बाटो बनाउने एक खालको लहर देशैभरि चलेको छ, कुनै विचार धारा वा फेसन जस्तै । यहाँ पनि यस्तै नहोला भन्न सकिन्न । पहाडमा घुुमाउरो बाटो, पटक पटक आइराख्ने मोडहरु र अप्ठ्यारो ड्राइभिङ, साधारण कुरा हुन्छ । यहाँ पनि यही साधारण कुरा देख्न पाइन्छ । तर एक ठाउँमा पुुगेर गाडी घ्याच्च रोकिन्छ र भन्छन्, ‘‘माथिसम्म लान अलि नमिल्ला जस्तो लाग्यो । तपाईहरु गएर आउनुस्, त्यस्तै दश पन्ध्र मिनेटमा पुगिन्छ ।’’ ‘नहिडेको बाटो हो र ? अनि, खुब पुगिन्छ दश पन्ध्र मिनेटमा’ भन्न मन लागेको त हो । भनिनँ । मनमनै फिस्स हाँसे मात्र । मोटर गुड्न मिल्ने गरी फराकिलो पारिएको बाटो अगाडि अझै बाँकी छ । घन्टाभन्दा बढी हिड्नु पर्दछ । नमिल्ला जस्तो छ भनिसकेको ड्राइभरलाई कर गरेर लैजाउ भन्न पनि मिल्दैन । यति हिड्नुुपर्छ उति हिड्नुपर्छ भनेर पहिलो पल्ट आएकालाई अनि अत्याएर तर्साउनु पनि उचित थिएन । यही भएर हिड्दै जाउँ, पुगिन्छ भनी दिएँ ।

थुम्काहरुलाई गन्तव्य बनाइ हिड्दा एउटा रमाइलो हो, आफू जति जति उकालो लाग्दै अग्लिँदै गइन्छ, एक छिन अघि टेकेको भुुइँ पनि होचिँदै जानु । अघि हिडेको साँखु वस्ती आधा घण्टाको उकालोपछि हवाइजहाजको झ्यालबाट हेरेजस्तो भइसकेको थियो । फर्केर हेर्दा तल साँखु बजार अनि दायाँतिर खास्ति चैत्य (झ्यारुङ खास्योर) तथा त्यस वरिपरिका गुम्बाहरुको दृष्यपान भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्वयम्भू डाँडा मात्रै होइन, मनोहरा नदीको बायाँतिर भक्तपुरको दृश्य र महामञ्जुश्रीको डाँडा पनि छर्लंगै देख्न पाउँदा हामं्रो समूहका सदस्यहरुको मनमस्तिष्क उल्लासमय भइसकेको उनीहरुको हाउभाउमा राम्रैसँग पढ्न सकिन्थ्यो । सहरी वातावरणमा अभ्यष्तहरुका लागि ग्रामिण परिवेश पनि दर्शनीय नै हुन्छ । विहानी वातावरण छिप्पिदै मध्यदिनतर्फ लम्कँदै गरेको जनाउ घामको रापले दिइरहेको थियो । हिड्नमा कोही सक्ने, कोही नसक्ने । साथमा ल्याइएका साना साना छोराछोरीहरुको हिडाईले सबैलाई चुनौती दिइरहको थियो भने उनीहरु आफ्नो अग्रसरतालाई कायम राख्न हौसिरहेका थिए ।
यात्रा लोटस एकेडेमिक कलेजको आयोजनामा भएको थियो । बौद्ध अध्ययनसँग सम्बन्धित अध्यापक र विद्यार्थीको सहभागिता छ ।
यो बोधिसत्व राजा मणिचुडसँग सम्बन्धित बौद्ध स्थल हो । गौतम बुद्ध एउटा पूर्व जन्ममा बोधिसत्व मणिचुड थिए र बोधिचर्या गर्ने क्रममा आफ्नो शिरमा रहेका मणि नै दान गरेका थिए । ‘मणिशैलचुडावदान’ मा वर्णित दानगाथा यही ठाउँ त्यहीसँग सम्बन्धित मानिन्छ । त्यसअनुसार वोधिसत्व पहिला साकेत देशको राजकुुमार थिए र उनी गर्भमा छँदा नै रानीलाई धार्मिक कार्यमा अभिरुचि बढेको थियो । बोधिसत्व जन्मेकै बेला शिरमा सूर्यको रश्मी समान जाज्वल्यमान मणि थियो । उक्त मणिको लक्षण भनेको रोगीहरुलाई मणिको जल पिलाएमा रोग निको हुने, आँखा नदेख्नेलाई मणि छुआईदिएमा आँखा देख्ने, दुर्भिक्ष भएमा मणिजल छर्किदिएमा सुभिक्ष हुने थियो ।
बोधिसत्व युुवावस्थामा पुुगेपछि राजा बनाइए । दानधर्ममा अभिरुची राख्ने क्रममा जसले जे माग्यो त्यही दान दिन एक दिन विशाल दानशाला नै बनाए । यो दान कर्म स्वर्ग प्राप्तीका लागि नभएर सम्यकसम्बोधि लाभका निमित्त थियो । यसरी दान धर्म गरिरहँदा ईन्द्रको आसन तात्यो र राक्षसको भेषमा आएर मांसहारी भोजनको माग गरे । राजाले आप्mनो घाँटी रेट्न तरबार उठाएकै बेला पृथ्वी कम्पन भएको थियो ।
साधनाका लागि बोधिसत्व मणिचुड साकेत छाडेर अन्यत्र लागे । त्यसको केही समयपछि साकेतमा दुर्भिक्षको मार प¥यो । रोगव्याधीले पनि सतायो । यस्तो बेलामा बोधिसत्वको शिरमा रहेको मणि छुवाएको पानी छर्किदिँदा सुभिक्ष सुरु हुने निष्कर्षमा सबै भद्रभलादमी पुुगे । बोधिसत्व मणिचुडको खोजी हुँदा वर्तमान साँखुु माथिको डाँडामा साधना गरिहरको कुरा थाहा पाए । मणिका लागि मान्छेहरु खटाइए । साकेतको समस्या समाधानका लागि मणि दिन तयार भए, बोधिसत्व मणिचुड । आफ्नो शिर करौतीले रेट्न लगाए र मणि निकालेर दहमा पखाले । र, बोधिसत्वले आफ्नै हातले मणि दान गरेकै बेला पृथ्वी कम्पन भयो । मणि दान गरेपछि देवगण जम्मा भई विभिन्न प्रकारका पूmलले पूजा गरे । यसरी मणिचूड राजाले दान पारमिता पूरा गरेको स्थान भएकोले यो ठाउँ बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थल बन्यो र ‘मणिचुड दह’ नाम रह्यो । शिर रेटेर मणि निकाल्न लगाएको स्थान मणिचूड डाँडाबाट झण्डै डेढ घण्टा तल झर्नु पर्ने रहेछ । त्यहाँ रहेको गुफालाई मणिगुफा भनिन्छ । हामी त्यही मणिचुड दहमा जाँदैथियौं । जनै पूर्णिमाको दिन डाँडा माथिको यस मणिचूड दहमा मेला लाग्ने गर्दछ ।
एक ठाउँमा आइपुगेपछि खुल्ला र समतल भूमि टेक्न पुुग्छौं । त्यहाँबाट अगाडि बढ्दा दुुई सैनिकले रोके । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो यो । खानपानको बन्दोबस्त साँखु बजारमा नै हो । निकुञ्जभित्र के के गर्न पाइन्छ र के के गर्न पाइँदैन भन्ने जनाउ दिइन्छ । चुरोट सल्काउन नपाउने र सलाई बुुझाएर जानुु पर्ने रहेछ, हाम्रो समूहमा चुुरोट खाने कोही पनि थिएनन् । पशुपंक्षी मार्न नपाइने, जनाउ दिए, पञ्चशील पालनामा आफ्नो धर्म देख्नेहरुबाट यस्तो काम कुरा हुने कुरै भएन । वातावरण संरक्षणमा बौद्धहरुको यो आनिवानी एउटा उदाहरण वा आदर्श नै बन्न सक्छ । त्यसमाथि ‘एप्लाइड बुद्धिज्म’ पढ्नेहरु, वातावरणको संरक्षणसम्बन्धी पाठ्यपुस्तक नै पढ्नुपर्ने ।
अगाडि बढ्दै गयौं । विभिन्न उपसमूहमा भिन्नाभिन्नै विषयवस्तुको कुराकानी पनि हुँदै थियो । प्राध्यापकीय भूमिकामा रहेको हुनाले हुनसक्छ, आफूूसँग हिड्नेहरु बौद्ध विषयवस्तुकै बारेमा कुरा गर्ने । कतिपय प्रश्न सोधियो भने कतिपय जवाफ पनि दिइयो । साथै, कतिमय सुनियो पनि । बौद्ध विषयवस्तुको ज्ञान आर्जन गर्ने राम्रो मौका भइरहेको थियो ।
डेढ घण्टा जतिको उकालो चढिसकेपछि एउटा खुल्ला चौर आइपुग्यो । चौरको एक छेउमा रहेको गणेशको मूर्ति धार्मिक महत्वको हुँदै हो, साथसाथै कलाका दुष्टिले पनि उल्लेखनीय मान्नुपर्दछ । नेपालमण्डलको बज्रयानी बौद्ध समाजमा गणेशको मूर्तिले बेग्लै अर्थ राख्छ भने प्रायः धार्मिक स्थलमा गणेशको मूर्ति चाहिने मान्यता छ । यही चौरको सितल छहारीमा सुस्ताएर पछाडि परेका सदस्यहरुलाई कुुर्यौं । अलि निकै बेर पर्खनु प¥यो । यही पर्खाइका बीच पनि अनेकौं कुरा भयो । रमाइलो नै भयो । फोटो पनि खिचियो । र, सबै आइपुुगेपछि पुनः बाटो लाग्छौं । त्यहाँबाट एक दुुई मिनेटको जंगलको बाटो पन्छयाउँदै गएपछि खुल्ला ठाउँको बीचैमा पोखरी देख्यौं । यही हो, मणिचुड दह । यस स्थलमा हामी पश्चिमबाट प्रवेश गरेका हौं ।
दहमा त्यति धेरै पानी छैन । प्रायः सुुकेको अवस्था भन्दा नि हुन्छ । यो ठाउँको मुख्य कुरा यही दह हो, यसको परिक्रमा कोही एक पल्ट गर्छन् त कोही तीन पल्ट परिक्रमा गर्नु पर्छ भनेर तीन पल्ट नै परिक्रमा गर्दछन् । यति पल्ट नै गर्नु पर्छ भन्ने विधि कहीँ उल्लेख भएको पाइँदैन, त्यसैले होला कोही कोही सात पल्टको मान्यता राखेर सात फन्को लगाइरहेको पाइन्छ । कोही यहाँ पुुगेपछि पवित्र जल भन्दै सिसिमा भरेर लान्छन् । अलिमाथि सानो धाराबाट आइरहेको चिसो पानी यहाँ जम्मा भएको हो ।
दुुई व्यक्तिले करौंतीले बोधिसत्वको टाउको रेटेर मणि निकाल्ने प्रयास गरिरहेको मूर्ति उत्तरतर्पm देख्न पाइन्छ । मूर्ति नयाँ नै हो तर कसैले क्षति पुु¥याइसकेको छ । दहको पश्चिम दिशामा केही चैत्यहरु छन् जसमा प्राचीनता देख्न पाइन्छ । छेवैमा एउटा शिवलिंग र त्यसको अगाडि ढुंगाको साँढेको मूर्ति रहेछ ।
डाँडाको टुप्पो र जंगलको बीचमा रमाइलो वातावरण थियो । धार्मिक तथा सांस्कृतिक महत्वको ठाउँ त हो नै, साथसाथै जैविक विविधता र जीवजन्तुुहरुका लागि पनि महत्वपूूर्ण ठाउँ हो । भनिन्छ, नेपालमा मात्रै पाइने काँडेभ्याकुर पनि भनिने इन्मेमिक पक्षी ‘स्पाइनी व्याब्लर’ यहाँ पाइन्छ । पर्खन पाएको भए काँडेभ्याकुर पनि देख्थ्यौं तर समयले साथ दिएन । भ्याए मणिगुफामा पनि पुुग्ने योजनालाई स्थगन गरी गएकै बाटो फर्क्यौ ।
साकेत भनिने आजको अयोध्यासग मणिचुड डांडाको प्रशङग राम्रो लाग्यो। उत्तरप्रदेशका शाक्यहरु अयोध्यालाई रामजनमभूमि नभनि साकेत भनिनुपर्छ भनि आनदोलितछन। उत्तखनन मा पनि पौराणिक बस्तु साकेत कालिन नै भेटिनु अर्को प्रमाण हो।