श्रीलंका कसरी पुग्यो बौद्ध धर्म ?

श्रीलंका थेरवाद बौद्ध धर्मका लागि प्रख्यात मुलुक हो । यहाँ ७० प्रतिशतभन्दा बढि बौद्धमार्गी रहेका छन् । श्रीलंकामा अत्यन्तै पाएको बौद्ध धर्मलाई संविधानले पनि मुलुकको औपचारिक धर्मको रुपमा घोषणा गरेको छ । बौद्ध धर्मलाई राष्ट्रिय धर्मको घोषणा श्रीलंकाका दोस्रो राष्ट्रपति जे.आर. जयावर्दनेले गरेका हुन् । श्रीलंका बौद्ध धर्म अंगीकार गर्ने विश्वकै प्राचीनमध्येको एक मुलुक हो ।

तेस्रो शताव्दीदेखि नै यो द्वीप बौद्ध धर्मको प्रखर अनुयायी बन्दै आइरहेको छ । प्राचीन श्रीलंकाका राजाहरुले पनि बौद्ध धर्मको प्रवद्र्धन र संरक्षण अहम भूमिका निभाएका थिए । श्रीलंकामा ६ हजार भन्दा बढि बौद्ध तिर्थस्थल रहेका छन् ।

यसरी पुग्यो बौद्ध धर्म

श्रीलंकाका प्राचीन धार्मिक अभिलेख अनुसार तेस्रो शताव्दीमै बौद्ध धर्म त्यहाँ पुगेको थियो । बौद्ध धर्मको प्रवद्र्धनका लागि सम्राट अशोकका पुत्र अर्हन्त महिन्दा्र थेरो आफै श्रीलंका पुगेका थिए । महिन्द्राले बहिनी संघमितालाई पनि श्रीलंका बोलाए । संघमिता बोधीवृक्ष सहित श्रीलंका पुगेकी थिइन् । महिन्द्रा र संघमिताले श्रीलकामा विहार र भिक्षु भिक्षुणी तयार गरे । उनीहरुले बनाएका बौद्ध तिर्थस्थलमध्ये इसुरुमुनिया र भेस्सागिरिया श्रीलंकाकै महत्वपुर्ण धार्मिक सम्पदा हुन् ।

Share

Related posts