सातौं संघनायक ज्ञानपूर्णिक महास्थविरको स्वास्थ्यमा क्रमिक सुधार

सातौं संघनायक पुज्यपाद अग्गमहापण्डित ज्ञानपूर्णिक महास्थविरको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । संघनायक पुज्यपाद ज्ञानपूर्णिक महास्थविरका शिष्य तथा लुम्बिनी विकास कोषका पुर्व उपाध्यक्ष भिक्षु निग्रोध महास्थविरका अनुसार संघनायक भन्तेको स्वास्थ्यमा क्रमिक सुधार हुनुका साथै अहिले उनले उहाँले ठोस खानेकुरा खान थाल्नु भएको साथै अहिले ह्वील चेयरमा बसेर केही बेर घुमफिर समेत गर्न थाल्नु भएको छ ।

मिर्गौलाको समस्याबाट पीडित ८१ वर्षीय भिक्षु अग्गमहापण्डितलाई उपचारका लागि पाँच साताअघि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । डायलसिस गराउँदै आउनु भएका उहाँलाई केही समयपुर्व सघनकक्षमा राखिएको थियो । उहाँको स्वास्थ्यलाभको कामना गर्दै देशभरका झण्डै ३०० बौद्ध विहारमा पूजापाठ गरिँदै आएको भिक्षु निग्रोधले जानकारी दिदै संघनायक भन्तेको लागी प्रार्थना गर्ने सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनु भएको छ । अग्गमहापण्डितको उपचारमा चिकित्सकद्वय डा.ऋषि काफ्ले र डा. विक्रम शाक्य खटिएका छन्

Share

Related posts