विश्वशान्तिको कामना गर्दै मच्छिन्द्रनाथमा दीप प्रज्वलन

विश्व शान्तिको कामना गर्दै ललितपुर स्थिति मच्छिन्द्रनाथको मन्दिरमा दीप प्रज्वलन गरिएको छ।

न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १०८ दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेको हो।

समितिका अध्यक्ष आशारत्न शाक्यले विश्वभर फैलिँदै गएको कोभिड–१९ महामारीको निवारणका लागि प्राथना र विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको बताए । उनले मच्छिन्द्रनाथ देवसँग विश्वभर शान्ति अमनचयन कायम गर्ने शक्ति रहकोले दीप प्रज्वलन गरी प्राथना गरिएको बताए ।

मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजाआजा गरी दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनका लागि समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष शाक्यले बताए । मच्छिन्द्रनाथलाई बौद्ध तथा हिन्दु धर्मावलम्बीको आस्थापूर्वक पूजाआजा गर्ने गर्छन् ।

Share

Related posts

Leave a Comment