मानवता र शान्तिका लागि जाम्लिङ बौद्ध फाउण्डेसन र हामी मानवताको ख्याल राख्छौ बीच सम्झौता

विश्व मानवता र शान्तिका लागि जाम्लिङ बौद्ध फाउन्डेशन र हामी मानवताको ख्याल राख्छौँ सस्थाबीच सम्झौता भएको छ । आइतबार सांङ्ग रेष्टुरेन्ट एण्ड बारमा आयोजित कार्यक्रममा दुई संस्थाबीच संझौता भएको हो ।

सम्झौतपछि विश्वमा शान्ति स्थापना गर्न र मानवताको भावना अभिबृद्धि गराउन दुई संस्थाले सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । जाम्लिङ बौद्ध फाउन्डेशनका संस्थापक खेन फुर्वा दोर्जी लामा रिन्पोचे र हामी मानवताको ख्याल राख्छौँ संस्थाका सस्थापक फिलिपिन्सका ट्राभल प्रिन्सेस मारियाले विश्व मानवता र शान्तिका लागि मिलेर काम गर्ने बाचाका साथ संझौता पत्रका हस्ताक्षर गरिएको हो ।

यी दुई संस्थाको सहकार्यमा शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा विविध कार्यक्रम सञ्चालन हुनेछन् । शिक्षा, स्वास्थ्य र रोजगारको अवस्था राम्रो भएमात्र विश्वमा शान्ति छाउने र मानवताको विकास हुने दुवै संस्थाको मान्यता रहेको छ ।

Share

Related posts

Leave a Comment