ग्याशी पूजा गर्दै शेर्पा किदुग अमेरिका

शेर्पा किदुग अमेरिकाले लोसार आउनै लागेको समयमा बिगत वर्षका सम्पूर्ण दोषहरु हटाउँदै भावी दिनमा आई पर्न सक्ने बिघ्न बाधाहरु पन्छाउन ग्याशी पूजाको आयोजना गर्ने भएको छ । ग्याशी पूजा चराचर जगतको दुस्ख निवारणको लागि भगवान शाक्यमुनि बुद्धले दिनु भएको उपायको आधारमा गरिने पूजा हो । यो पूजा आगामी वर्ष (मुसा वर्ष) जन्म पर्नेहरुको ग्रह शान्तिको लागि बिशेष फलदायी हुने विश्वाश गरिन्छ । पूजा आगामी फेब्रुअरी २२ मा हुँदैछ ।

यस पूजामा दान गरी आफ्नो दुस्ख र रोग ब्याधि निवारणका साथ जगत कल्याण गरी पुण्य आर्जन गर्न चाहने महानुभावहरुले शेर्पा किदुग कार्यालयमा आई नाम दर्ता गराउन हुन आग्रह गरिएको छ ।

ग्याशी पूूजा सुरु भएकै दिन बेलुकी ५ बजेबाट श्याब्रु प्रतियोगिता हुने छ । शेर्पा किदुगको तर्फबाट गुथुकको व्यवस्था गरिने छ। संयुक्त रुपमा गुथुक खाँदै श्याब्रु प्रतियोगिता भाग लिन र हेर्न किदुकले अमेरिकामा रहेका शेर्पा समुदायलाई आग्रह गरेको छ ।

च्यिवा लो (मुसा वर्ष) को हटाउनका लागि पूजामा भाग लिनेहरुबाट प्रति ब्यक्ति कम्तीमा एक जना स्वयंसेवक उपलब्ध गराउनु पर्ने नियम राखिएको छ । स्वयंसेवक उपलब्ध गराउन नसक्नेले दक्षिणा वाहेक थप पच्चीस डलर शुल्क अनिवार्य बुझाउनु पर्ने किदुगले जनाएको छ ।

Share

Related posts