बौद्धनाथ स्तुपमा चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडप

बौद्धनाथ स्तुपमा चिनियाँ लामा भूपति पक्षधर र बौद्ध घ्याङ गुठीबीच शनिबार झडप भयो । बौद्धनाथ स्तुपभित्र आयोजना गरिएको क्षमापूजा तथा दीप प्रज्ज्वलन कार्यक्रम बिथोल्न पुगेका गुठीका समर्थक र पूजा आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त भएको थियो ।

झडप बढ्दै गएपछि घटनास्थलमा प्रहरी पुगेको थियो । पूजा बिथोल्न गएकाहरुले चर्को नाराबाजी गरेपछि प्रहरीको कडा सुरक्षामा लामा गुरुहरुले पूजा गराएका थिए ।

Share

Related posts