बौद्धमा मणि जप र प्राणीधान मोन्लाम हुने

काठमाडौँको बौद्ध स्तूप परिसरमा मणि जप र प्राणीधान मोन्लाम पूजा आयोजना गरिने भएको छ । दोल्पो ञिन ओग्र्यन छवेईङ येशे रिन्पोचेको नेत्तृत्वमा हुने पूजा असोज २१ देखि २३ गतेसम्म जारी रहने छ ।

विहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने पूजामा बौद्ध दर्शन सम्बन्धी प्रवचन तथा सम्पुर्ण जगतका प्राणीको हित र शान्तिको कामना गरिने आयोजक बौद्ध दर्शन विस्तार सेवा समाजले जनाएको छ । कार्यक्रममा दिउँसो ३ बजेदेखि छेवाङ अर्थात आयु अभिषेक गरिनेछ ।

Share

Related posts