वर्षावासको तयारीमा बुद्ध परियत्ती उदय विहार

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ४, डिङ्गरकुवास्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा आउदै गरेको वर्षावास कसरी मनाउने विषयमा छलफल भएको छ । यो वर्षको वर्षावास असार ३१ देखि सुरु भदौ २६ गते समापन हुँदैछ । विहारले यो पटकको वर्षावास कार्यक्रमको संयोजकमा तुलसी तुलसी चोचाङ्गे पुन मगरलाई नियुक्त गरेको छ ।

उनको संयोजकत्वमा वर्षावास सहजताका साथ सम्पन्न गर्न गठित समितिमा धनिराम राना मगर, हिरा बहादुर बाकावल मगर, शिवा थापा मगर, गंगा पुन मगर, पार्वती दर्लामी मगर, धनमाया गुरूङ्ग सदस्य रहेका छन् ।

उक्त कार्यसमितिलाई भिक्षु ज्ञानेन्द्रको अध्यक्षतामा बसेको बैठकले चयन गरेको हो ।

Share

Related posts