गुम्बा विकास समितिलाई विभाग बनाइने

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले वौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिलाई विभाग बनाउन लागिपरेको बताएका छन् । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आइतबार ललितपुरको जावलाखेलमा आयोजना गरेको ‘राष्ट्रिय बौद्ध सम्मेलन–२०७५’ को उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले उक्त जानकारी दिएका हुन् ।

उनले भूकम्पले क्षतिग्रस्त गुम्बाको पुनःनिर्माण भइरहेको बताए । बौद्ध धर्मालम्बीले साधना मात्र गरेर नहुनेमा उनले जोड दिए । मन्त्री अधिकारीले साधनासँगै काम पनि गर्नु पर्ने भने ।

समितिका अध्यक्ष खेन्पो कर्मा छिरिङ टाँसी लामाले बौद्ध धर्मको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँंल्याए । समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले गुम्बाको पुनःनिर्माणमा ढिलाइ गर्न नहुनेमा जोड दिए । समितिका सदस्य सचिव इन्द्रबहादुर गुरुङले बौद्ध धर्मलाई सरकारले प्राथमिकता नदिएको गुनासो गरे ।

समितिका सदस्य दिपेन्द्र लामाले पञ्चशील नियमको पालनामा जोड दिए । कार्यक्रममा समितिका पदाधिकारी, कर्मचारी, बौद्ध धर्म गुरु, धर्मालम्बी, नेपाल भिक्षु महासङ्घ, नेपाल बौद्ध महासङ्घका पदाधिकारी लगायतको उपस्थिति छ ।

Share

Related posts