जोङ्सार खेन्चे रिन्पोछेद्वारा २१ तारा पूजाको ११औँ दिन दसौँ ताराको अभिषेक
काठमाडौं, असोज २०। भारतको हिमाचल प्रदेशस्थित जोङ्सार खेन्चे छोक्यी लोडो इन्स्टिच्युटमा जारी २१ दिने तारा पूजा तथा धर्म-शिक्षाको ११औँ दिन परमपूज्य जोङ्सार जम्याङ खेन्चे रिन्पोछेले कदम्प अर्थात् आचार्य अतीश परम्पराअनुसार २१ तारामध्ये दसौँ ताराको अभिषेक प्रदान गर्नुभएको छ। २५ सेप्टेम्बरदेखि सुरु भएको यो विशेष अनुष्ठान १५ अक्टोबरसम्म चल्नेछ।...