लुम्बिनीमा त्रिपिटक पाठको तयारी तीव्र, नोभेम्बर १४ देखि तीनदिने कार्यक्रम

२३ कार्तिक,लुम्बिनी: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक पाठ कार्यक्रम आयोजना हुने भएपछि तयारी तीव्र पारिएको छ । आगामी नोभेम्बर १४ देखि १६ गतेसम्म सञ्चालन हुने तीनदिने धार्मिक कार्यक्रममा सहभागी हुने भिक्षु, लामा, आनी तथा बौद्ध धर्मावलम्बीको स्वागतका लागि लुम्बिनी क्षेत्र सजाउन थालिएको छ । कार्यक्रम लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आयोजना गरिनेछ । लुम्बिनी विकास कोषका अनुसार कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन मायादेवी मन्दिर परिसर तथा आसपासका क्षेत्रमा आवश्यक तयारी भइरहेको छ । कार्यक्रमका लागि मन्दिर परिसरलाई विशेष रूपमा सजाउने काम भइरहेको छ । कार्यक्रममा सहभागी हुने भिक्षुहरूलाई निःशुल्क…

Read More

बुद्धका पवित्र अवशेष दर्शन गर्न भारतमा ३१ हजारभन्दा बढी श्रद्धालु

२३ कात्तिक, काठमाडौं: भगवान् गौतम बुद्धका पवित्र अवशेषको दर्शनप्रति भारतमा श्रद्धालु तथा पर्यटकको आकर्षण बढ्दै गएको छ । भारतको अरुणाचल प्रदेशस्थित तवाङ गुम्बामा बुद्धका पवित्र अवशेषको दर्शन गर्न सात दिनको अवधिमा ३१ हजारभन्दा बढी श्रद्धालु तथा पर्यटक पुगेका छन् । बौद्ध धर्मावलम्बीका साथै विभिन्न धर्म र समुदायका मानिससमेत अवशेष दर्शनका लागि पुगेपछि यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व थप उजागर भएको छ । तवाङ गुम्बामा बुद्धका पवित्र अवशेष सार्वजनिक दर्शनका लागि राखिएपछि त्यहाँ श्रद्धालुको उल्लेख्य उपस्थिति देखिएको थियो । बुद्धप्रति आस्था राख्ने मानिसहरूले अवशेषको दर्शन गर्दै श्रद्धा, भक्ति र सम्मान…

Read More