दीर्घकालीन खुसीको आधार अर्थपूर्ण मानवीय सम्बन्ध

२४ कार्तिक,काठमाडौं: मानिसको जीवनमा वास्तविक खुसी केबाट प्राप्त हुन्छ ? धनसम्पत्ति, विलासी जीवनशैली र भौतिक सुविधाबाट कि परिवार, साथीभाइ तथा आफन्तसँगको आत्मीय सम्बन्धबाट ? सकारात्मक मनोविज्ञानसँग सम्बन्धित पछिल्लो अनुसन्धानले दीर्घकालीन खुसीका लागि अर्थपूर्ण मानवीय सम्बन्ध, उद्देश्यपूर्ण काम र व्यक्तिगत जीवनका मूल्यसँग मेल खाने व्यवहारलाई महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेको छ । अमेरिकाको लोकप्रिय विज्ञान तथा प्रविधिसम्बन्धी प्रकाशन ‘पपुलर मेकानिक्स’ले नोभेम्बर १० मा प्रकाशित गरेको एक समाचार अनुसार अनुसन्धानकर्ताहरूले यसअघि प्रकाशित सयौँ अध्ययनको समीक्षा गर्दै मानिसको खुसीका प्रमुख आधारबारे विश्लेषण गरेका छन् । हार्वर्ड विश्वविद्यालयकी साडे स्टेनलन्ड, लक्जेम्बर्गको राष्ट्रिय तथ्याङ्क तथा…

Read More

डिजिटल युगमा कालाम सुत्तको सान्दर्भिकता

२४ कार्तिक,काठमाडौं: सूचना र प्रविधिको तीव्र विकाससँगै विश्व समुदाय यतिबेला सत्य र असत्य सूचनाबीचको भिन्नता छुट्याउने चुनौतीसँग जुधिरहेको छ । सामाजिक सञ्जाल तथा डिजिटल सञ्चार माध्यमबाट गलत सूचना र नियोजित दुष्प्रचार तीव्र गतिमा फैलिँदा मानिसहरू भ्रमित हुने, अपुष्ट कुरालाई सत्य ठान्ने र त्यसैका आधारमा धारणा बनाउने प्रवृत्ति बढ्दै गएको छ । यस्तो अवस्थामा भगवान् गौतम बुद्धले करिब २६ सय वर्षअघि दिनुभएको विवेकपूर्ण चिन्तनको शिक्षा कालाम सुत्तु पुनः चर्चामा आएको छ । नोभेम्बर १० अर्थात् विश्व शान्ति तथा विकासका लागि विज्ञान दिवसका अवसरमा बुद्धको यही शिक्षालाई आधुनिक समाजसँग जोडेर हेर्न थालिएको…

Read More