२२ कार्तिक लुम्बिनी: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा सञ्चालन भइरहेको ४६औँ वार्षिक शरदकालीन धर्मशिक्षा कार्यक्रमको दोस्रो चरण नोभेम्बर ८ देखि सुरु हुँदैछ । नोभेम्बर १० सम्म सञ्चालन हुने यस कार्यक्रममार्फत बौद्ध दर्शन, ध्यान, साधना तथा आध्यात्मिक अभ्याससम्बन्धी शिक्षा प्रदान गरिनेछ । अन्तर्राष्ट्रिय बौद्ध समुदायको सहभागिता रहने यस कार्यक्रमले लुम्बिनीलाई बौद्ध अध्ययन, चिन्तन र आध्यात्मिक अभ्यासको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा थप परिचित गराउने अपेक्षा गरिएको छ । कार्यक्रममा बौद्ध दर्शनका आधारभूत मान्यता, बुद्धका उपदेश, मनको स्वभाव, चेतनाको विकास, करुणा, मैत्री र प्रज्ञाको अभ्यासलगायतका विषयमा अध्ययन…
Read MoreDay: November 8, 2026
जापानको कोटोकु–इन मन्दिरमा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान महोत्सव आयोजना
२२ कार्तिक, काठमाडौं: जापानको कामाकुरा सहरस्थित प्रसिद्ध विशाल बुद्ध प्रतिमा रहेको कोटोकु–इन मन्दिर परिसरमा आज नोभेम्बर ८ मा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान महोत्सव आयोजना हुँदैछ । बौद्ध सम्पदा, कला, संस्कृति र विभिन्न देशका परम्परालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । जापानको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिर परिसरमा हुने यस कार्यक्रमले अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । महोत्सवमा विभिन्न देशका सांस्कृतिक प्रस्तुति, परम्परागत कला, भेषभूषा, संगीत तथा सांस्कृतिक पहिचान झल्काउने गतिविधि समावेश गरिएका छन् । सहभागी देशका प्रतिनिधिहरूले आ–आफ्नो मौलिक संस्कृति र परम्परा…
Read Moreपाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
२२ कात्तिक,भोजपुर: भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण थप बढेको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचधारेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकारले धार्मिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । पाँचधारेलाई समग्र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘पाँच धाम’ निर्माणको अवधारणा अघि सारेर काम भइरहेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिएका छन् । स्तुपा निर्माणसँगै पर्यटकको सहज आवागमनका लागि सिँढीसहितको पदमार्गसमेत निर्माण…
Read More